यी हुन हल्लै हल्लाले महङगा बनेका नायकहरु

यतिबेला नेपाली चलचित्र क्षेत्रमा नायकहरुको पारिश्रृमिकको चर्चा निकै छ । केही दिन अगाडीमात्र अनमोल केसीले ५० लाखको अफर पाएको भनिएको खबरले नेपाली सिनेबृतमा ठुलै हंगामा ल्यायो । नायकहरुमा बसले बढि पारिश्रृमिक लिने भन्ने चर्चाको होडबाजीमा त भन्दा म के कम भन्ने जस्तो पनि देखियो । जसको ज्वोलन्त उदाहरण बने अनमोल केसी र प्रदिप खड्का ।

प्रदिपले बारम्बार अनमोललाई निसाना गरेर यदि २० लाख पारिश्रृमिक लिएको भए प्रमाणित गर्नु पर्ने बताएका थिए । यतिबेला सिनेबृतमा हल्लै हल्लाले महङगा बनेका केही नायकहरु छन् । तर उनीहरुले आफुले महङगो पारिश्रृमिक लिएको पुष्टी गर्न सकेका छैनन भने हो होईन भनेर स्पष्टीकरण पनि दिने गरेका छैनन् । तर यति चाही हो उनीहरुको झुठो पब्लिसिटीमा रमाउँन भने जानेका छन् । पछिल्लो समय महङगो पारिश्रृमिककै कारण चर्चामा रहेका नायकहरु को को हुन त ????

१) प्रदिप खड्का : ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ मा अभिनय गरेका प्रदिपको क्रेज थामिसक्नु छैन् । उनको क्रेज र उनको नामैले मात्र फिल्म हिट बन्न सक्दो रहेछ भन्ने बुझेका निर्माताहरुमध्ये निर्देशक मिलन चाम्सले उनलाई ‘लिलिबिली’ मा २२ लाख पारिश्रृमिक दिएको चर्चा छ । त्यतीमात्र होईन फिल्मको बिदेशमा रिलिज गर्ने राईट्ससमेत लिएर उक्त फिल्ममा काम गरेको बताईएको छ ।

तर उनले अनमोललाई महङगो पारिश्रृमिक लिएकोमा प्रमाणित गर्न भने तर उनले पनि २२ लाख पारिश्रृमिकको बारेमा बोलेका छैनन् । तर ‘लिलिबिली’ मा २२ लाख लिएको चर्चाले उनी अहिलेसम्म कै महङगा नायक बनेका छन् ।

२) अनमोल केसी : नेपाली चलचित्र क्षेत्रमा युवाहरु हलसम्म तानेका नायक मानिन्छन् अनमोल । उनका तीन चलचित्रहरु लगातार सुपरहिट भएपछि निर्माताहरु उनलाई बोलेको रकम दिन तयार भएको उनका पिता भुवन केसीले दाबी गर्दे आईरहेका छन् ।

हालैमात्र झरना थापाले उनलाई ५० लाख अफर गरेको खबर भाईरल भयो । उक्त खबरको झरनाले खण्डन गरिसकेकीछिन् । तर भुवन भने अनमोललाई ५० त ६० ७० लाखसम्मको अफर आउँने गरेको बताउँछन् । अनमोलले ‘कृ’ का लागि २० लाख पारिश्रृमिक लिएको बताईएको छ ।

३) पल शाह : म्युजिक भिडियो हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका नायक पल शाहको पनि युवामाझ निकै क्रेज छ । पहिलो चलचित्र खासै नचलेपनि म्युजिक भिडियोको क्षेत्रमा उनी किंग नै मानिन्थे । म यस्तो गीत गाउँछुको सफलतापछि पललाई पनि अफरको कमी छैन् ।


हालै उनलाई ऋषि धमालकी पत्नीको एलिजाको निर्माणमा बन्न लागेको चलचित्र ‘अनुराग’ का लागि १८ लाख अफर गरिएको चर्चा भयो । तर पलले निर्माण टिम मननपरेको कारणले उक्त चलचित्रको अफर स्वीकार नगरेको बताए । तर १८ लाखको बारेमा भने खासै बोलेका छैनन् ।

– मेरो फिल्मीबाट साभार

The post यी हुन हल्लै हल्लाले महङगा बनेका नायकहरु appeared first on Taja nepali news.

http://ift.tt/2hUzdV3
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.