म्यादी प्रहरीमा यस्तो भेदभाव : राम्री-राम्रीलाई छानेर दिइन्छ नि:शुल्क खाना, अरुलाई महँगो रेट !

खोटाङ- कसैलाई सित्तै खाने कुरा दिने र कसैलाई त्यहि खानाको पैसा लिने डुम्रेधारापानी प्रहरी चौकीका असई हेमबहादुर अधिकारीको कर्तुत सार्वजनिक भएपछी उनले म्यादी प्रहरीलाई जागिरबाट निकाल्ने धम्की दिएका छन् । म्यादी प्रहरीमाथि भेदभाव गरेको समाचार पुष्टि गर्न सञ्चारकर्मीले टेलिफोन गरेपछि असई अधिकारीले सबै म्यादी प्रहरीलाई ‘सेटअप पोजिसन’ मा राखेर कसले पत्रकारलाई जानकारी गराएको हो भन्दै निकैबेर केरकार गरेका थिए । केहि म्यादी प्रहरीलाई आफुले भनेजस्तो नगरेको भन्दै उनले बिदामा समेत पठाईसकेका छन् ।

राम्री राम्रीलाई नि:शुल्क खाना, अरुलाई पैसा तिरेर !

असई अधिकारीको दादागिरी यतिसम्म बढेको छ कि डुम्रेधारापानी प्रहरी चौकीमा रहेका म्यादी प्रहरीमध्ये उनले पुरुषहरुलाई पैसा तिरेर खाना खुवाईरहेका छन् भने राम्री राम्री महिला छानेर नि:शुल्क खाना खुवाईरहेका छन् । ‘कसैलाई निःशुल्क खाना खुवाइन्छ, कसैलाई प्रतिछाक ८० रुपैयाँ लिइन्छ,’ एक म्यादी प्रहरीले भने ‘ कहिँ त ५० रुपैयाँमा खाना खुवाउने गरेको रहेछ । हामीलाई बढी लिएर महिलाहरुलाई सित्तै खुवाउने गरेको आशंका छ ।’ यता महँगो खानाबारे जिज्ञासा राख्दा असई अधिकारीले भने, ‘२हजार २०० रुपैयाँ बोरा पर्ने चामलको भात खुवाएको छु । महँगो पर्यो भन्नेलाई होटलमा खाना सक्छौ भनेको छु ।’

खाना मात्र होइन सुत्नलाई पनि उनीहरुलाई निकै समस्या छ । यसबारे हामीले अधिकारीलाई सोध्दा उनले भने, ‘ पत्रकार भन्दैमा जे पाए त्यहि कुरा नगर्नुहोस्, हाम्रो पनि डीआईजी, एआईजीसँग संगत छ ।’ americanepal बाट

The post म्यादी प्रहरीमा यस्तो भेदभाव : राम्री-राम्रीलाई छानेर दिइन्छ नि:शुल्क खाना, अरुलाई महँगो रेट ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.