सधै चर्चामा किन हुन्छन् अनमोल, अब फुटबल खेलाडी बन्दै

काठमाण्डौ – नेपाली चलचित्र बृतमा ४ बर्ष देखि एउटै मात्र ब्यक्ति निरन्तर चर्चामा रहिरहे ति हुन् भुवन केसी पुत्र अनमोल केसी ।

उनी चलचित्र होस्टेल मार्फत् रजतपटमा प्रबेश गरेका हुन् । चलचित्रमा आउनु पुर्ब उनी सामान्य नै थिए । तर,जब होस्टेल ब्यापारिक रुपमा हिट भयो त्यसपछि अनमोलको भाग्य चम्केको हो ।
फिल्म चल्न पनि भाग्य नै चाहिने रहेछ भन्ने कुराको केहि चलचित्रकर्मीले प्रमाणित गरिदिनु भएको छ । कति मेकरले जस्तो बनाए पनि फिल्म हिट भएकै छ । कतिपय कलाकारले जस्तो अभिनय गरे पनि चलेकै छन् । यसै मध्येमा अनमोल पनि पर्छन् । उनको अभिनय बौद्दिक सर्कललाई खासै मन पर्दैन । तर,उनको चकलेटी अनुहारका कारण महिला फ्यानहरु भने अधिकतम् छन् ।

अनमोल केसी जो भाग्यमानी कलाकारको दर्जामा पर्छन् । जसको पहिलो फिल्मनै सफल भयो ।त्यसपछि उनलाई लिएर फिल्म बनाउनेको लाईन भयो तर,उनले मेकर,फिल्म र पैसा छानि छानि लिए र गरे । जस अनुसार ‘जेरी’ र ‘ड्रिम्स’पनि सफल भयो । १ लाख पारिश्रमिक देखी सुरु भएको उनको रेट राता रात बढेर ५ लाख हुदै ८ लाख पुग्यो । त्यतिबेला ८ लाख लिए अरे भन्दा राजधानीका मेनस्ट्रिम मिडियालाई उथुल पुथुल बनाईदियो । अहिले उनको रेट सुन्ने हो भने कतिपयलाई हर्टाट्याक नहोला भन्न सकिन्न । उनले चलचित्र ‘कृ’सम्म आईपुग्दा २० लाख पारिश्रमिक लिएको खबरले अनलाई भरियो केहि बितरकले उनको टाउकै बेचेर जागिर पनि चलाए ।अहिले केहि दिन देखी ५० लाख ५० लाखको हल्लाले राजधानी हल्लिराको छ । अनमोललाई ५० लाख अनमोललाई ५० लाख भन्ने हल्लाले मिडियालाई निकै तनाब बनायो जति अनमोललाई बनायो ।

आखिर मिडियमा सस्तो प्रचारका लागि गरिएको रहेछ । एक दुई वटा अनलाईनले फेसबुक बाट डलर कमाउनका लागि अनमोलको नयाँ ईसुका रुपमा हावा तालमा अनलाईनको निकटकै होला झरना थापाको नाम जोडेर ५० लाखको अफर गरिन् भनेर समचार आयो । केहि दिन झरना समेत केहि बोलिनन् किनकि आफ्नै फोटो छापिएर प्रचार गरेका छन् दाजुभाईले किन बोल्नु र ।

जसरी नि यहाँ मिडियमा आईरहने रहर सबैलाई छ ।सामदाम दन्डभेद जे जसो गरे पनि मिडियमा छाउन पाए नेपाली कलाकार र चलचित्रकर्मीलाई खान पनि पर्दैन । तर,केहि दिन पछि झरनाले फेसबुकमा स्टाटस लेख्दै आफुले अनमोललाई ५० लाखको अफर गरेको सत्य नरहेको दाबि गरिन् । हुन पनि हो उनको ५० लाख एउटै कलाकारलाई दिने हैसियत कहाँ बाट हुनु के राजधानीका जनता दर्सक लाटा छन् भन्ने पो सोचे कि के हो ।ल मानौ उनको हैसियत नै भए पनि एउटा कलाकारलाई ५० लाख पारिश्रमिक तिर्दा फिल्मको बजेट कति पुग्छ सोचौ अनि ब्यापार कति गर्छ सबैलाई राम्रो संग थाहै छ। भनेपछि हावा गफ ठोक्नु केवल प्रचारका लागि नै हो । तर जे गरे पनि जसो गरे पनि अनमोल केसि ४ बर्ष देखि निरन्तर चर्चामा छन् ।

अनमोल केसीको फिल्म हलमा लागोस् या नलागोस्, उनी सधै नै मिडियामा चर्चित । फिल्म खेलेपनि चर्चा, नखेल्दा पनि चर्चा । लगभग डेढ बर्ष हुन आट्यो होला, अनमोलले मिडियामा कुरा नगरेको । तर, युटुबमा गएर भिडियो हेर्ने हो भने उनका बारेमा सयौ बनेका छन् । अनमोल लामो कपाल पालेर, शरीर बनाएर फिल्म ‘कृ’मा काम गरिरहेका छन् । यो फिल्मको छायांकन पनि कुनै बलिउड फिल्मको भन्दा कम भएन । फिल्म माघ २६ गतेबाट रिलिज हुने पनि फिक्स नै छ । यो फिल्म रिलिज हुन पाएको छैन, अनमोल आफ्नै बाबुले बनाउने होम प्रोडक्शनको फिल्ममा काम गर्न तम्तयार छन् ।

फिल्मको नाम राखिएको छैन । तर, बजारमा अनमोलको भूमिकालाई लिएर हल्ला हुन थालिसक्यो ।हल्ला चलेअनुसार, अनमोल आफ्नै होम प्रोडक्शनबाट बन्ने फिल्ममा ‘फूटबल खेलाडी’को भूमिकामा देखिन लागेका छन् । अब, यो हल्ला चलेको हो, हो होइन भन्न सकिन्न । तर, यो कुनै फुटबल खेलाडीको बायोपिक भने हुनेछैन । जे भएपनि, फूटबल खेलाडी बनेको खण्डमा अनमोलका लागि यो भूमिका फेरि भिन्न हुनेछ ।

The post सधै चर्चामा किन हुन्छन् अनमोल, अब फुटबल खेलाडी बन्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.