फेरी दियो चीनले नेपाललाई यस्तो दैनिक २० मिटर पहाड खोलेर नदि फर्काउने मेसिन

मंसिर ४, २०७४-नेपालमै पहिलोपटक सुरुङ खन्न प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) को परीक्षण सफल भएको छ । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनामा करिब एक महिनाको जडानपछि मेसिनले ८ नोभेम्बरदेखि सुरुङ खन्न थालेको हो । आयोजनाले हालसम्म १ सय ७० मिटर सुरुङ खनिसकेको जनाएको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मांगद खनालले १५ दिनको परीक्षणपश्चात् सुरुङ खन्न थालिएको बताए । ‘यसअघि ड्रिलिङ र ब्लास्टिङद्वारा सुरुङ खन्ने प्रचलन थियो । टीबीएम मेसिन पहिलोपटक प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘परीक्षण सफल भयो । तीव्र गतिले सुरुङ खन्ने काम भइरहेको छ ।’ उनका अनुसार दैनिक १८ घण्टा सञ्चालित टीबीएमले दैनिक १८ देखि २० मिटर सुरुङ खनिरहेको छ । दुई साताको अवधिमा मेसिनले सफलतापूर्वक सुरुङ खनिरहेको भन्दै आयोजना पक्ष उत्साही बनेको छ ।

प्राविधिकहरूले यस प्रकारको मेसिन नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएकाले परीक्षण सफल हुनेमा आशंका गर्दै आएका थिए । मेसिनको सफल जडान र परीक्षणले आयोजना निर्धारित समयमै सम्पन्न हुने दाबी गरिएको छ । ‘अहिलेसम्म कुनै जटिलता उत्पन्न भएको छैन । कम्प्युटर प्रविधिबाट मेसिन सञ्चालन भइरहेको छ,’ सिनियर डिभिजनल इन्जिनियर खनालले कान्तिपुरसँग भने, ‘निर्माणमा संलग्न चिनियाँ प्राविधिकहरू पनि उत्साही बनेका छन् ।’

ड्रिलिङ र ब्लास्टिङबाट सुरुङ खन्न सम्भव नभएको अध्ययनले देखाएपछि सिँचाइ विभागले टीबीएम खरिद गर्ने प्रस्ताव गरेको थियो । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको उक्त टीबीएम चीनबाट ल्याइएको हो । कान्तिपुरमा खबर छ

आयोजनाको निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले गरिरहेको छ । अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरिदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरूप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने सर्त राखेको थियो ।

सर्तअनुसारै उत्पादक कम्पनीले २ सय ५० मिटर लामो मेसिन जडान गरेको हो । कोभेकले सुरुङ खन्न करिब १ वर्ष ६ महिना लाग्ने अनुमान गरेको छ । मेसिनले भेरी र बबई नदीबीचको १२ किमि लामो चुरे पर्वत खन्दै छ । टीबीएमले खनेको माटोलाई मोनो रेलको सहायताले बाहिर फयाँकिदै छ ।
nayabato बाट

The post फेरी दियो चीनले नेपाललाई यस्तो दैनिक २० मिटर पहाड खोलेर नदि फर्काउने मेसिन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.