ट्रकसँग यात्रुबाहक भ्यान ठोक्किदा २० जनाको मृत्यु …

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार भएको सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

खैरपुर भन्ने ठाँउमा कोइला ढुवानी गर्न लागिएको ट्रकसँग यात्रुबाहेक भ्यान ठोक्किएर दुर्घटना भएको प्रहरी सहायक उपरीक्षक राई माझर इक्वालले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको भ्यान र त्यसमा थिचिएर मृत्यु भएका तथा घाइते भएका यात्रुहरूलाई प्रहरी र उद्धारकर्ताहरूले निकालेको प्रहरी अधिकारीले बताए ।

खैरपुर जिल्ला अस्पतालका मेडिकल सुररिटेण्डेन्ट गुलाम सुम्रोले अस्पतालमा दश जनाको शव र पाँच जना घाइते ल्याएको जानकारी दिनुभयो ।

उहाँले घाइते मध्ये थप तीन जनाको अस्पतालमा आएपछि मृत्यु भएकाले मृत्यु हुनेको संख्या २० पुगेको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको बताउनु भयो ।

यात्रुबाहक भ्यान सुक्कुर जिल्लाबाट खैरपुर जिल्लातर्फ आइरहेका बेला दुर्घटना भएको बताइएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाको दोषी देखिएका ट्रकका चालकका विरुद्धमा मुद्धा दायर गरेको छ । प्रहरीले अत्यधिक धेरै भार बोकेको ट्रकले यात्रु बाहक भ्यानलाई उछिन्न खोजेपनि नियन्त्रण गुमाएर उछिन्न नसकेपछि दुर्घटना भएको जनाएको छ । ट्रकले भ्यानलाई किचेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

पाकिस्तानमा हरेक बर्ष नौ हजार सडक दुर्घटना हुनेगरेको सरकारी तथ्याङ्क छ । ती दुर्घटनाहरुबाट सन् २०११ देखि यता औषतमा बर्षेनी चार हजार ५०० जनाको मृत्यु हुनेगरेको छ ।

ट्राफिक प्रहरीले पाकिस्तानमा भएका दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना मानवीय त्रुटीका कारण हुनेगरेको पाइएको बताएको छ । news24nepal

The post ट्रकसँग यात्रुबाहक भ्यान ठोक्किदा २० जनाको मृत्यु … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.