जान्नुहोस्: स्वस्थ रहनका लागि कुन ब्लड ग्रुपले कस्तो डाइट खाने ?

जान्नुहोस्: स्वस्थ रहनका लागि कुन ब्लड ग्रुपले कस्तो डाइट खाने ?

हालै गरिएको अनुसन्धान अनुसार स्वस्थ शरीरकोलागि तपाईको ब्लड ग्रुप अनुसारको खानपानले ज्यादै नै प्रभाव पार्ने देखाएको छ ।

तपाई आफ्नो शरीरलाई स्वस्थ राख्न चाहानुहुन्छ र त्यसका लागि खानपानको सन्तुलनलाई अपनाउन चाहनुहुन्छ भने तपाईले आफ्नो ब्लड ग्रुप अनुसारको उचित खानपानमा ध्यान दिनुभएको खण्डमा दुई गुणा बढी फाईदा हुनेछ ।
ब्लड ग्रुप अनुसारको उचित खानपान यसप्रकार रहेका छन् ।

‘ए‘ ब्लड ग्रुप

– यस ब्लड ग्रुप भएका व्याक्तिहरुले मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजन बढी सेवन गर्नु उपयुक्त हुन्छ ।

– यस समूहको मानिसको पाचन शक्ति अन्य तुलनामा कमजोर हुन्छ, जसले दूधबाट बनेको चीज र मांसाहारी खानलाई सजिलै पचाउन सक्दैन । यस्तो अवस्थामा पेट सम्बन्धि विभिन्न समस्याहरूको सम्भावना बनिरहन्छ ।

– खानामा फलफूल र सागसब्जीको प्रयोग अधिक मात्रामा गर्नुस् । राजमाको सेवन भरसक नगर्दा लाभ हुन्छ । मांसाहारी खाना खाने ईच्छा भएमा रातो मासुको स्थानमा माछा खानु उपयुक्त हुन्छ ।

‘बी‘ ब्लड ग्रुप

– यदि तपाई ‘बी’ ब्लड ग्रुपको हुनुहुन्छ भने तपाई सन्तुलित मात्रामा दूध र यसबाट बनेको पदार्थ तथा माछा, मासुको सेवन गर्न सक्नुहुन्छ ।

-तर केही खाद्य पदार्थ जस्तै: मसुरो, अरहर, तिल, मकै, कोदो र चना आदिको सेवन एकदमै न्यून गर्नुपर्दछ ।

– अत्यधिक गहुँ र टमाटरको सेवन यस ब्लड ग्रुपका लागि निकै फाइदाजनक हुन्छ ।

-वजन नियन्त्रण गर्नका लागि मकै, मम्फली, चिकन, गहुँको सेवन गर्नुहुँदैन भने अण्डा, मासु, हरियो सागसब्जी र ग्रीन टी ले वजन बढाउनमा निकै फाइदाजनक हुन्छ ।

‘एबी‘ ब्लड ग्रुप

– ‘एबी‘ ब्लड ग्रुप भएका मानिसहरुमा ए र बी दुवै ब्लड ग्रुपको लक्षण पाईन्छ ।

– यो समूहको मानिसले पनि अधिक शाकाहारी भोजन सेवन गर्नुपर्दछ, जसमा फलफूल र सागसब्जी समावेश गर्नुपर्दछ ।

– सकेसम्म चिकन र मकै जस्ता चीजहरूबाट टाढा रहनुपर्दछ । वजन कम गर्नका लागि रातो मासु र राजमाको सेवन गर्नुहुँदैन ।

– भुइँकटहर,सोयाबिनको पनीर, सी फूड, डेयरी उत्पादन जस्ता चीजहरू वजन कम गर्नका लागि उत्तम हुन्छ ।

‘ओ‘ ब्लड ग्रुप

-यदि तपाईको ब्लड ग्रुप ‘ओ’ हो भने तपाईले हाईप्रोटीनयुक्त भोजन सेवन गर्नुपर्दछ ।

– यस ब्लड ग्रुप भएका मानिसहरुलाई रातो मासु, सी फूड, पालक, ब्रोकोली जस्ता आहराले वजन कम गर्न मद्दत गर्छ ।

-फलफूल, सागसब्जी तथा कार्बोहाइड्रेटको सेवन तपाईको लागि फाइदाजनक हुन्छ ।

एजेन्सी ।

The post जान्नुहोस्: स्वस्थ रहनका लागि कुन ब्लड ग्रुपले कस्तो डाइट खाने ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.