अमेरिकी प्रहरीले १७ बर्षपछि समात्यो नेपाली हत्यारा, नेपाल ल्याइँदै

काठमाडौं, २३ पुस । नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना नेपाली अमेरिकी प्रहरीको फन्दामा परेका छन् ।

१७ वर्ष अगाडि झापा चन्द्रगढीकी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेर फरार भएका झापाकै लीलाराम गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो । झापा चन्द्रगढी ३ का स्थायी बासिन्दा रहेका ४० बर्षीय गौतम चौधरीको हत्यापछि भागेर भारतहुँदै अमेरिका पुगेका थिए । २०५७ साल असोज २८ गते भएको हत्यामा जिल्ला अदालत झापाले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

गौतमलाई इन्टरपोलमार्फत नेपाल झिकाउने तयारी भइरहेको नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।

dainiknepal

The post अमेरिकी प्रहरीले १७ बर्षपछि समात्यो नेपाली हत्यारा, नेपाल ल्याइँदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.