गगन थापा – ‘युवालाइ देशमा रोजगारी दिउँ आफ्ना बा आमा आफै पाल्छन,बृदा भत्ता बढाएर बिकास हुदैन’

रौतहट । नेपाल काँग्रेसका नेता गगन थापाले पार्टी भित्र नेतृत्व हस्तान्तरणमा बहस र छलफल आवश्यक भएको बताउनुभएको छ । निर्वाचनमा पराजय हुनु शीर्ष नेताको कमजोरी रहेको बताँउदै काग्रेसमा अव युवा पुस्ताले नेतृत्व लिने बेला आएको जिकिर गर्नुभयो ।

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित निर्वाचन पछिको सन्र्दभ र नेबि संघको भुमिका बिषयक २ नम्वर प्रशिक्षण कार्यक्रममा युवा नेता थापाले कांग्रेसको नेतृत्व युवा पुस्तालाई स–सम्मान हस्तान्तरण गर्नुको बिकल्प नरहेको बताउनुभयो ।

अधिकांश समय पार्टी सुधारको पक्षमा बोल्नुभएको थापाले पार्टीका अग्रज नेताहरुलाइ उच्च सम्मानका साथ राख्ने र नेतृत्व भने यु्वा पुस्ताले पाउनु पर्ने जिकिर गर्नुभयो ।

थापाले सरकारले ६५ बर्ष पुगेका बृद्धबृद्धाहरुलाइे भत्ता दिने भनि गरेको निर्णय ठिक नभएको समेत बताउनुभयो । उहाले थप्नुभयो,”हामीले बृद्दा भत्ताको पैसा युवा स्वरोजगारमा लगानी गर्यौ र देशका हरेक युवालाइ रोजगारी दियौं भने सबैले आफ्ना बा आमा आफै पाल्छन।”

यस्तै पार्टीका अर्को केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी अब एक ढिका भएर जानुको कुनै बिकल्प नभएको बताउनुभयो ।

बिभिन्न कारणले प्रतिनिधि सभा र प्रदेश सभामा हार बेर्होनु परेको भएता पनि अब आउदो निर्वाचनमा बहुमत ल्याउने गरी नेतृत्व बर्गले नेता तथा कार्यकर्तालाइ परिचालन गर्नु पर्ने बताउनुभयो ।

The post गगन थापा – ‘युवालाइ देशमा रोजगारी दिउँ आफ्ना बा आमा आफै पाल्छन,बृदा भत्ता बढाएर बिकास हुदैन’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.