पोर्चुगलमा सवारी दुर्घटना, नेपाली युवतीको मृत्यु, थप सात घाइते

पोर्चुगलमा सवारी दुर्घटना, नेपाली युवतीको मृत्यु, थप सात घाइतेदुर्घटनामा ज्यान गुमाएकी चेतमाया र दुर्घटनाग्रस्त गाडी

काठमाडौँ: पोर्चुगलमा बिहीबार भएको सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको । यो दुर्घटनामा अन्य पाँचजना नेपालीसहित सातजना घाइते भएका छन् ।

पोर्चुगलको राजधानी लिस्बोन नजिकैको सेतुबाल मोन्तिजो पिगोएसमा भएको दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा चितवनको साविक भण्डारा गाविस-८ हाल राप्ती नगरपालिका-४ निवासी दुर्गाबहादुर खुलाल तामाङकी छोरी २५ वर्षीया चेतमाया खुलाल गोले तामाङ रहेकी छन् ।

मृतक चेतमाया केही महिनाअघि मात्रै पोर्चुगल पुगेकी थिइन् । दुर्घटनामा चितवनकै अनिशा विश्वकर्माको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा अनिशा बिक, अल्का भेटवाल, आरती श्रेष्ठ राई, उषा बर्तौला र तुफेल मोहम्मद लगायत छन् ।

घाइतेहरुको सेतुबाल अस्पतालमा उपचार भइरहेको घटनास्थल पुगेका एक नेपालीले जानकारी दिएका छन् । काम गर्ने कम्पनीतिर जाँदै गर्दा पानी परेको सडकमा गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो । गाडी चालक भने भारतको पञ्जावका थिए ।

यी कामदारहरु नेपाली युवा गणेश ज्ञवालीको क्यापासीटी फर वर्क कम्पनीमा काम गर्दथे । दुर्घटना भएको थियो । कम्पनीमा एक भारतीयसहित १२ जना नेपाली महिलाहरु रोजगार छन् ।
annapurnapost

The post पोर्चुगलमा सवारी दुर्घटना, नेपाली युवतीको मृत्यु, थप सात घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.