कोरियन भाषा बारे आयो नया कुरो : कोरियन भाषा को लागि तयारी गर्दै हो भने अब पहिलेको जस्तो परीक्षा प्रणाली नहुने

वैदेशिक रोजगारका लागि कोरिया जान चाहनेले अब कम्प्युटरबाट परीक्षा दिनुपर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् दक्षिण कोरिया जानेले कागजी परीक्षा प्रणालीको साटो कम्प्युटरमा आधारित भाषा परीक्षा दिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस, कोरिया शाखाले सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जान चाहनेका लागि यस्तो व्यवस्था गर्ने तयारी गरेको हो । ईपीएसमाफृत् नेपाली श्रमिक लैजाँदै आएको कोरियास्थित मानव संशाधन विकास विभाग (एचआरडी) को मागअनुसार उक्त प्रणालीमार्फत परीक्षा दिलाउने व्यवस्थाको तयारी गरिरहेको ईपीएस शाखाले जनाएको छ ।

पुनः जान आवेदन खुलाउने तयारी

समाचार अनुसार, ईपीएस कोरिया शाखाले ईपीएसमार्फत कोरिया गई कम्तीमा तीन वर्षसम्म काम गरी वैधानिक भएर फर्किएका व्यक्तिका लागि कम्प्युटरको माध्यमबाट आवेदन खुलाउने तयारी गरेको छ । सो शाखाले आगामी वैशाखमा पुनः दक्षिण कोरिया जानका लागि आवेदन खोलने तयारी गरेको हो । गत वर्ष स्थगित भएको भाषा परीक्षा यो वर्षका लागि आगामी अप्रिल र अगस्टमा गरी दुईपटक आवेदन खुलाउने तयारी भएको सो शाखाले जनाएको छ ।

The post कोरियन भाषा बारे आयो नया कुरो : कोरियन भाषा को लागि तयारी गर्दै हो भने अब पहिलेको जस्तो परीक्षा प्रणाली नहुने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.