बझाङमा भयो चमत्कार , हेर्नुहोस बिश्वास नलाग्न सक्छ …

गाना वादीका तीन वर्षीय छोरा विराज वादीले पुस २२ गते शनिबार राती एक्कासि सास फेर्न छोडे । गानाले राती २ बजेको समयमा दुध दिँदा बालकले दुध खाएनन् । सँधै १ बजे राती बच्चा कराएपछि दुध दिने गरेकी गानाले राती २ बजेसम्म पनि बालक नरोएपछि आफैले दुध दिन खोजिन् । काखैमा सुतेका छोरालाई दुध खुवाउन खोज्दा छोराले सास फेरे नफेरेको छुट्याउन सकिनन् ।शरीर पुरै चिसो थियो । गानाले छोरा मरिसकेको ठानिन् । रुवाबासी गर्न थालिन् ।

उनी रोएको सुनेपछि छिमेकीहरू जम्मा हुन थाले । विराज बेहोस अवस्थामा थिए । छिमेकीहरूले पनि बालकको मृत्यु नै भएको अड्कल काटे ।तर छिमेकी राधा वादीले बालकलाई राम्रोसँग हेरिन् र काखका लिईन् । बालकले मुखबाट अलिअलि सास लिए जस्तो राधालाई लाग्यो । अनि उनले जतिसक्दो चाँडो आगो बाल्न भनिन् । हतार–हतारमा आगो बालियो । अनि त्यही आगोले बालकलाई सेके ९तताए० । केही मिनेटमै विराजले खुट्टा चलाए । गानाले हर्षका आँसु खसाइन् । छिमेकी पनि सबै खुसी भए । राधालाई धन्यवाद दिए ।

मरिसक्यो भनिएको छोरा जीवित भएपछि अहिले गानाले आफूले लगाउँने गरेको धोतीमा बेरेर छोरालाई न्यानो बनाउने कोसिस त गरेकी छन् । तर टिनले छाएको टहराको छानोबाट रातभर शरीरमै तपतप शीत चुहिन्छ । गानालाई आफू समेत कुन दिन कठ्याङ्ग्रिएर मर्छु भन्ने चिन्ताले सताइरहेको छ । आफू भन्दा पनि छोरा बचोस् भन्ने चाहानाले रातभर जाग्राम बस्ने गरेको उनले दुखेसो पोखिन् ।

बझाङ सदरमुकाम चैनपुर र थलारास्थित टिनले छाएका स–साना टहराको वादी बस्तीमा रातको समयमा रुवाबासी नचलेको दिन हुदैन । चैनपुर र थलारा गाउपालिकाको खोलीमा बसोबास रहेका वादी बस्तीमा चिसो सुरु भएसँगै यो आपत् आइलागेको हो ।

गरिवी, अशिक्षा र विपन्नताका कारण वादी समुदायलाई हिउँदको यो कठ्याङ्ग्रिने चिसो शत्रुका रुपमा आएको छ । एकसरो लुगा र पेटभरी खानेकुराको अभावमा उनीहरूलाई जाडो छल्न अत्यन्तै मुस्किल छ ।
स्रोत:लाइट नेपाल

The post बझाङमा भयो चमत्कार , हेर्नुहोस बिश्वास नलाग्न सक्छ … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.