ज्योतिषः पर्सी निकै दुर्लभ खग्रास चन्द्रग्रहण लाग्दै, यी ९ राशीमा ३० दिनसम्म रहनेछ प्रभाव

काठमाडौं। पर्सी बुधबार पूर्णिमाका दिन बेलुका खग्रास चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण निकै दुर्लभ प्रवृत्तिको भएको खगोलशास्त्रीहरुले बताएका छन् । माघ शुक्ल पूर्णिमाको दिन लाग्ने यो ग्रहणमा नेपालसहित उत्तर पूर्वी युरोप, एशिया, अस्ट्रेलिया, उत्तरपश्चिम अफ्रिका, उत्तर अमेरिकाबाट देख्न सकिनेछ । नेपालमा सांझको ५ बजेर ३३ मिनेट देखि शुरु हुने चन्द्रग्रहण त्यसै रात ८ बजेर ५६ मिनेटमा अन्त्य हुने छ । नेपालका पूर्वी क्षेत्रबाट सम्भवतः यो चन्द्रग्रहण खग्रास रुपमै देख्न सकिनेछ ।

यो ग्रहणको अशुभ प्रभाव आगामी ३० दिनसम्म मिथुन, कर्कट, सिंह, तुला, बृश्चिक, धनु, मकर कुम्भ र मीन राशीमा पर्नेछ ।
यस्तो हुनेछ राशीहरुमा प्रभाव

मेषः मेष राशी हुनेहरु यो ग्रहणको अशुभ प्रभावबाट बच्नेछन् । उनीहरुको लागि नोकरी र व्यवसायमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र व्यवसायमा ठूलो मुनाफा हुने सम्भावना छ ।
वृषः ग्रहणको अशुभ प्रभाव वृष राशीमा पनि पर्ने छैन । यो राशी भएकाहरुको लागि ग्रहणको प्रभावले अचानक फाइदा हुन सक्छ । आफन्त र इष्टमित्रको सहयोग हुनेछ ।
कन्याः कन्या राशीमा पनि ग्रहणको अशुभ प्रभाव पर्ने छैन । अचानक धनलाभ हुन सक्छ । साहस र पराक्रममा वृद्धि हुनेछ ।

मिथुनः ग्रहणको अशुभ प्रभाव मिथुन राशीमा पर्नेछ । धनहानी हुन सक्छ त्यसैले आर्थिक विषयमा गम्भीरताका साथ निर्णय गर्नुहोला । मानसिक तनाव हुन सक्छ ।
कर्कटः कर्कट राशीमा पनि ग्रहणको अशुभ प्रभाव पर्नेछ । चोट दुर्घटना वा रोगव्याधीको सम्भावना छ । वाहन चलाउँदा सावधान रहनुहोला । जरुरी कामकाजमा जोखिम उठाउनबाट बच्नुहोला ।
सिंहः ग्रहणले धनहानी गराउन सक्छ । तनाव र खर्च बढ्नेछ । पारिवारिक विवाद हुने सम्भावना पनि छ । आर्थिक नोक्सानीको सम्भावना छ ।
तुलाः यो राशीमा पनि ग्रहणको असर शुभ छैन । सफलताको लागि धेरै मेहना गर्नुपर्नेछ । घरेलु जीवनमा समस्या थपिनेछ । स्वास्थ्यका विषयमा सचेत रहनुहोला । कुनै कारणले मनमा डर बढ्न सक्छ ।
वृश्चिकः ग्रहणको अशुभ असरका कारण समस्या निम्तिनेछन् । कामकाजमा बाधा आउनेछन् । भाग्यले साथ नदिन सक्छ । अनावश्यक विवादमा फस्ने सम्भावना छ ।
धनुः काममा चुनौती आइलाग्न सक्छ सावधान रहनुहोला । धनलाभ हुन सक्छ तर खर्च पनि बढ्न सक्छ ।
मकरः ग्रहणको असर दैनिक कामकाज र दाम्पत्य जीवनमा पर्नेछ । नोकरी र व्यवसायमा रुकावट आउन सक्छ । धनहानीको योग छ । जीवनसाथीसँग सम्बन्ध बिग्रन सक्छ ।
कुम्भः आर्थिक क्षेत्र र स्वास्थ्यमा ग्रहणको नकारात्मक प्रभाव पर्न सक्छ । धनहानी र थप मेहनतको योग पनि छ ।
मीन: खर्च बढ्न सक्छ । नोकरी र व्यवसायमा धेरै मेहनत गर्नुपर्नेछ । खर्च र नोक्सान बढ्ने सम्भावना छ । कुनै काम अधुरो नछोड्नुहोला ।

The post ज्योतिषः पर्सी निकै दुर्लभ खग्रास चन्द्रग्रहण लाग्दै, यी ९ राशीमा ३० दिनसम्म रहनेछ प्रभाव appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.