तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’को गीत सार्बजनिक ( भिडियो )

वि.सं २०७५ साल वैशाख २८ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘लम्फू’को अडियो रिलिज भएको छ ।

यो चलचित्रमा संगीतकार अर्जुन पोखरलेको संगीत छ । सार्वजनिक ४ वटा गीतमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेष लामा, अप्सरा घिमिरेको स्वर छ । चलचित्रका गीतमा अर्जुनले सबै प्रकारका दर्शकका लागि स्वाद पस्कने कोशिश गरेका छन् । चलचित्रको कथा अनुसार आफूले गीत तयार पारेको उनले बताए ।

रोमान्टिक, स्टेज गीतदेखि भावानात्मक गीत समेत चलचित्रमा छ । यो चलचित्रमा ‘सँगै जिउने सँगै मर्ने, तिम्लाई भुलेर, दोधार दोधारमा र सुको छैन यार’ बोलका गीत समावेश छन् । चलचित्रमा समावेश गीतमा दिग्गज धौलारी, यूवराज सापकोटा, प्रमोद ढुंगाना, नरेश भट्टराइको शब्द छ ।

गोपालचन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रमा नव–नायक कविर खड्का, मरिष्का पोख्रेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जिब भण्डारी, कुशाग्र भट्टराई, ‘तरकारीवाली’को नामले परिचित कुशुम श्रेष्ठको मुख्य भूमिका छ ।

यो चलचित्रले एक यूवाको जीवनमा आइपर्ने अकल्पनिय घटनालाई प्रस्तुत गरेको छ । पपुलर मल्टिमिडियाका लागि शक्तिवल्दब घोरासैनीले यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा भूपतिको लेखन, दिपक बज्रचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ ।

The post तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’को गीत सार्बजनिक ( भिडियो ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.