कस्तो अचम्म ! यो मन्दिरमा पुगेपछि गाडीको स्टार्ट किन ‘बन्द’ हुन्छ ? यस्तो रहेछ रहस्य

अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ । अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् ।

किंवदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले सुन ल्याउन भुलेछ र बाटो छलेर जान लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भित्तामा टाँसिएको किंवदन्ति छ । मन्दिर नजिकको पहरामा पछि लाहुरेको नक्सा र उसले बोकेको गुण्टाझैँ आकृति देख्न सकिन्छ । सो स्थानमा अहिले पनि ‘लाहुरे टाँसिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्ड नै राखेको छ । अहिले पनि सो बाटो भएर हिँड्ने गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् ।

गोरुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइकन अगाडि बढ्दैनन् । सुपादेउराली दर्शनको लागि पश्चिम नेपालका गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट समेत दर्शनार्थीको भीड लाग्ने गर्दछ । ती जिल्लाहरूमा विवाह गरेपछि सुपादेउरालीको दर्शन गर्ने प्रचलन बढ्दै गएको छ । यसपटकको दशंैको समयमा दर्शनार्थीको भीडका कारण मन्दिर आसपासमा गाडी पार्किङको समस्या देखिएको थियो । मन्दिर भिरको टाकुरामा रहेको कारण सो स्थानमा पार्किङको समेत समस्या देखिएको छ ।

The post कस्तो अचम्म ! यो मन्दिरमा पुगेपछि गाडीको स्टार्ट किन ‘बन्द’ हुन्छ ? यस्तो रहेछ रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.