घरकै चुल्होमा बल्दै गरेको आगोको अगुल्टो सासुले बुहारीको मुखमा कोचिदिएपछि…

दैलेख- दैलेखमा घरायसी कुरामा विवाद हुँदा सासुले बुहारीको मुखमा आगोको अगुल्टो कोचिदिएकी छन् ।गत वर्ष मात्र बिहे गरेकी १९ वर्षीया शान्ति बस्नेतलाई उनकी सासु सुशीला बस्नेतले मुखमा आगोको अगुल्टो कोचिदिएकी हुन् ।घरायसी कुरामा विवाद भइरहेको बेला ‘बुहारी भएर पनि प्रतिवाद गरेकी’ भन्दै घरकै चुल्होमा आगो बल्दै गरेको अगुल्टो मुखमा कोच्याएको बताइएको छ ।

विवाह भए लगतै बालविवाहको मुद्दा लाग्छ भन्ने सुनेर शान्तिको श्रीमान् २१ वर्षीय रोशन बस्नेत शान्तिलाई घरमै छोडेर भारत गएका र ११ दिन अघि मात्र घर आएपछि विवाद भएको बताइएको छ ।

रोशनले ‘बालविवाह लाग्छ भनेर बाहना मात्र बनाएको हुँ, तँ पोइल गइसक्नु पर्ने किन बसेको ?’ भन्दै कुटपिट गरेको घटनापछि सासुले मुखमा आगोको अगुल्टो कोचिदिएको बताइएको छ ।घरमै बस्नु भनेर गएकाले माइती समेत नगएर घरकै खेतीधन्दा सघाएँ, अहिले जा भनेर किन जानू रु काहीँ जान्न भनेर श्रीमान्सँग प्रतिवाद गरेर सासुलाई छोरालाई सम्झाउनुस्’ भन्दा उल्टै सासुले चुल्होमा बल्दै गरेको अगुल्टो झोसेको बताइएको छ ।

The post घरकै चुल्होमा बल्दै गरेको आगोको अगुल्टो सासुले बुहारीको मुखमा कोचिदिएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.