जनकपुरमा कुटपिट गरेर मर्‍यो भनी फालिएको १७ फिट लामो घाइते अजिङ्गरको यसरी गरियो उद्धार

जनकपुर – धनुषाधाम संरक्षित वनबाट १७ फिट लामो घाइते अजिङ्गरको उद्धार गरिएको छ। जिल्ला वन कार्यालय धनुषा र मिथिला वाइल्डलाइफ ट्रस्टका पदाधिकारीहरूको संयुक्त टोलीले बुधबार मरणासन्न अवस्थामा फेला परेको अजिङ्गरलाई उद्धार गरेका हुन्।
कुटपिट गरी बेहोस बनाएर छोडिएको १७ फिट लामो र ४० किलो तौल भएको घाइते अजिङ्गरलाई धनुषाधामको संरक्षित वनमा ल्याएर उपचार थालिएको बताइएको छ ।

शरीरका विभिन्न भागमा गहिरो चोट लागेर बेहोस भएको सर्पलाई हेर्दा पहिला मरेको जस्तो लागेको थियो। तर, पछि पुच्छर चलाउँदा केही हलचल देखाएपछि जिउँदो भएको थाहा पाएर उद्धार गरिएको बताइएको छ ।दुर्लभ अजिङ्गरलाई गोठालाहरूले नै मरणासन्न हुनेगरी कुटपिट गरेर मर्‍यो भनेर फालेको हुनसक्ने अनुमान गरिएको छ । osnepal

The post जनकपुरमा कुटपिट गरेर मर्‍यो भनी फालिएको १७ फिट लामो घाइते अजिङ्गरको यसरी गरियो उद्धार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.