प्रसुति गराउने क्रममा डाक्टरले पेटभित्रै भाँचिदिए बच्चाको हात

माेरङ, पुस २३ / विराटनगर स्थित नोबेल मेडिकल कलेजका चिकित्सकले एक महिलाको प्रसुति गराउने क्रममा गर्भमा रहेको शिशुको हात भाँचिदिएका छन् । मोरङ सुन्दरहरैंचा-३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएको परिवारजनले आरोप लगाएका छन् ।

गत पुस ९ गते तारालाई प्रसूति व्यथाले च्यापेपछी अस्पताल भर्ना गरिएको थियो । भर्ना गरेको भोलिपल्टै शिशु जन्मिए पनि बच्चाको हात भाँचिएकोमा अहिलेसम्म परिवारले त्यसलाई सार्वजनिक गर्न सकेका थिएनन् । अस्पतालले घटना सार्वजनिक नगर्न दबाब दिएका कारण सार्वजनिक नगरेको ताराका ससुरा धनलाल सार्कीले जानकारी दिए । ताराले दोस्रो सन्तानका रुपमा छोरा जन्माएकी थिइन् । ताराको पहिलो सन्तान पनि छोरा नै रहेको छ, जो अहिले पाँच वर्षका छन् । ताराका पति चन्द्र आछामी पाँच महिनाअघि वैदेशिक रोजगारीमा गएका छन् ।

‘जन्मिएको बच्चा बेस्सरी रोएपछि शरीरका सबै अङ्ग नियाल्दा हात भाँचिएको देखेर हामीले अस्पतालका डाक्टरलाई भेटायौं ‘ ससुरा धनलालले भने, ‘आमा र बच्चाको उपचार सबै गरिदिने भन्दै अस्पतालले घटना सार्वजनिक नगर्न दबाब दिएका कारण हामीले कसैलाई भनेनौँ । शिशुको भाँचिएको हातको उपचार गर्न र बुहारीको प्रसूति गराउने क्रममा अस्पतालले आफूहरूसँग ६० हजार रुपैयाँ लिइसकेको धनलालले बताए । बच्चालाई जबर्जस्ती निकाल्ने क्रममा डाक्टरले बच्चाको हातै भाँचिदिएको परिवारको गुनासो छ । ‘प्रसूति गराउने क्रममा चिकित्सकले लापरबाही गरेका कारण बच्चाको हातै भाँचियो ‘, धनलालले भने, ‘अहिले अस्पतालले उपचार गर्न पनि मान्दैन ।’

अस्पतालले बच्चाको उपचार गर्न नमानेपछि परिवारले यो कुरा बाहिर ल्याउँदै आर्थिक अभावका कारण उपचार गर्नसक्ने अवस्था नरहेकाले उपचारमा सहोग गरिदिन सबैसँग अपीलसमेत गरेको छ । ताराको स्वास्थ्य अवस्था पनि नाजुक बन्दै जान थालेको छ । अमा र छोरालाई नै समस्या भएको बताउँदै धनलालले आमाको दुध नआउँदा बच्चालाई दुध ख्वाउनसमेत नसकिएको बताए । हातको पीडाका कारण बच्चा रातभर रुने गरेको आमा ताराको भनाइ रहेकाेछ । purbelinews

The post प्रसुति गराउने क्रममा डाक्टरले पेटभित्रै भाँचिदिए बच्चाको हात appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.