नेपाल आइडलका ३ हिरोले अमेरिका पुगेर खोले अहिले सम्म नखुलेको पाटो हेर्नुहोस

एक महिनामा १३ शहरमा कन्सर्ट

न्यूयोर्क (अमेरिका): कलेज जाँदाजाँदै आफ्नो जीवन रातारात यसरी कायापलट होला भन्ने नेपाल आइडलका बुद्ध लामाले कहिल्यै सोचेका थिएनन् । न त निशान र प्रतापले नै ।

पोखराको महेन्द्र उच्च माबीमा स्नातक पहिलो वर्षको अध्ययन सुरु गरेका लामालाई यति थोरै समयमा नेपालीहरु माझ लोकप्रिय भइएला भन्ने थिएन । सामान्य परिवारमा जन्मिएका बुद्ध आफ्नी दिदीसँगै गीत गाउँदा गाउँदै गायक बनेको बताउँछन् ।

आर्थिक कमजोरीले छेकेन बुद्धलाई

‘परिवारको आर्थिक अवस्था कमजोर भएकाले पनि मैले संगीतको कक्षा लिन पाएको थिइन’, अमेरिका भइरहेको नेपाल आइडलको कन्सर्टबारे पत्रकार सम्मेलनमा उनी भन्दै थिए, ‘आज एपीवान एचडी टेलिभिजनले दिएको मौका र सबै नेपालीको मायाले म यो ठाउँमा छु ।’

न्यूयोर्क शहरको टाइम्स स्क्वायर पुग्दा नेपाल आइडलको तीनैजनाले आफैँमाथि गर्व गरे । ‘कुनैदिन अमेरिका पुगिएला भन्ने मैले सपनामा पनि सोचेको थिइन । अंग्रेजी र हिन्दी फिल्ममा न्यूयोर्कको टाइम्स स्क्वायर देख्दा यो ठाउँमा कहिले पुगिएला भन्ने चाँहि लाग्थ्यो’, आइडलका फस्ट रनर अप निशान भट्टराईले भने, ‘सपनामा मात्रै देख्ने टाइम्स स्क्वायर आफै पुग्दा कति खुसी भएँ म व्यक्त गर्नै सक्दिन ।’

बाटोमा हिँड्दा सबैले ‘नेपाल आइडलको प्रताप’ भन्दा आफुलाई गर्व लाग्ने बताउँछन् आइडलका सेकेन्ड रनर अप प्रताप दास । ‘नेपाल आइडलमा आउनुअघि हामीलाई कसैले पनि चिन्दैनथ्यो’, उनी भन्दै थिए, ‘अहिले सबैले चिन्छन् । विश्वभर छरिएर बसेका सबै नेपाली हाम्रा फ्यान भइसकेका छन् । यो सबै एपीवान एचडी टेलिभिजनले गर्दा सम्भव भएको हो ।’

यतिबेला नेपाल आइडलको समुह अमेरिका भ्रमणमा ब्यस्त छ । ब्यस्तताले खाने सुत्ने समेत टुङ्गो नभएको गुनासो उनीहरुको थियो । एक वर्षअघि सुरु गरिएको आइडलमा हजारौं बाट छानिएर सन् २०१७ को सेप्टेम्बरमा उनीहरु बिजेता घोषित भएका थिए ।

आइडलमा आवद्ध भएदेखि नै उनीहरुको दैनिकी फेरिएको छ । अहिले उनीहरु पहिलेको जस्तो स्वतन्त्र छैनन् । व्यस्तता यति बढेको छ कि एपीवान एचडीले बनाइदिएको दैनिक कार्यक्रमको तालिका अनुसारै उनीहरुको दिनचर्या बितिरहेको छ ।

पढाई पुरा गर्ने रहर

तीनैजनाले कलेज पढ्दै गर्दा नेपाल आइडलमा आवद्ध भएकाले पढाइ पुरा गर्न नपाएको पनि बताए । निशान काठमाडौस्थित शंकरदेब क्यापसमा स्नातक तेश्रो वर्षमा र प्रताप क्यास्पियन भ्याली कलेजमा स्नातक दोश्रो वर्षमा अध्ययन गरिरहेका छन् ।

कलेज व्यवस्थापनले आफुहरुको समस्या बुझिदिएकाले पनि केही सहज भएको उनीहरुको भनाइ छ । आगामी सन् २०१८ को सेप्टेम्बर पछि मात्रै पढाइ संगसंगै अघि बढाउन सकिने उनीहरु बताउँछन् ।

भविष्यको रेखा कोर्दै

तीनैजना एकजुट भएर भविश्यमा कसरी अघि बढ्नेबारे पनि छलफल गरिरहेका छन् । हालसम्म कतार, दुवई, बेलायत, अष्ट्रेलिया र अमेरिका भ्रमण गरिसकेका उनीहरु जता गएपनि तीनजना संगसंगै छन् । ‘आइडलको पहिलो जस्तै दोश्रो, दोश्रो जस्तै तेश्रो भएकाले पनि हामी तीन अहिले सँगै छौँ’, उनीहरुले एकैस्वरमा भने ।

अमेरिका धेरै फरक

नेपाल बाट सोचेको अमेरिका भन्दा यँहा आइसके पछि पाएको दर्शकको माया, रमाइला ठाउँ र यँहाको विकासले निकै फरक लागेको पनि बताए । धेरै कलाकारहरु आएर अमेरिका बसेपनि उनीहरुको भने आफ्नै देशमा संगीतको विकासका लागि काम सोच छ ।

नेपाल र अमेरिकामा बिभिन्न कार्यक्रम गर्दै आएको केटीएम इन्टरटेन्मेन्टको आयोजनामा उनीहरुलाई अमेरिका भ्रमणमा ल्याइएको हो । टेक्सासस्थित डलासका सुदिप जे ढुंगाना, उज्वल सिंह, रित श्रेष्ठ, न्यूयोर्कका रोकेश गुरुङ र बोस्टनका मुकुन्द पोख्रेलको समुहले नेपाल आइडलको समुहलाई अमेरिकामा सम्म ल्याउने चाँजोपाँजो मिलाएको हो ।

१३ सहरमा कन्सर्ट

उनीहरुले अमेरिकाका बिभिन्न राज्यहरुमा कन्सर्ट गर्नेछन् । दश दिन अघि अमेरिका आएको टोलीले हालसम्म न्यू ह्यामसायर, बोस्टन र सियाटल मा कन्सर्ट गरिसकेको छ भने न्यूयोर्कमा गरी शनिबार राती भइरहेको छ ।

एक महिना भित्र अमेरिकाको १३ वटा शहरमा कन्सर्ट गराइसक्नुपर्ने भएकाले पनि उनीहरुको ब्यस्तता अति बढेको केटीएम इन्टरटेनमेन्टका रोकेश गुरुङले बताए ।

गत जनवरी १९ देखि सुरु भएको कार्यक्रम तालिका फ्रेबुअरीको १७ सम्म चल्नेछ । उनीहरुले जनवरी १९ मा न्यु ह्यामसायर, जनवरी २० मा बोस्टन, जनवरी २१ मा वासिङटनको सियाटलमा आफ्नो प्रस्तुती दिएका थिए ।

जनवरीको २७ मा न्यूयोर्कको कुइन्सस्थित अष्ट्रोरियाको मेलरोज बलरुममा भएको छ । जनवरी २८ बाल्टिमोर, फ्रेबुअरी २ कोलोराडो, फ्रेबुअरी ३ सानआन्टिनियोमा, फ्रेबुअरी ४ बफेलो, फ्रेबुअरी ९ ओहायो, फ्रेबुअरी १० सानफ्रान्सिस्को, फ्रेबुअरी ११ लस एन्जलस, फ्रेबुअरी १६ टेक्सासको डलास, र १७ मा ह्युस्टनमा हुँदैछ ।

न्यूयोर्कको कन्सर्टमा ६० देखि ७५ अमेरिकी डलर बराबरको टिकट बिक्री गरिएको आयोजकले जनाएको छ । कन्सर्टको लागि खर्चिएको टिकट बराबर दर्शक र श्रोताले पूर्ण रुपमा मनोरञ्जन लिने रोकेश गुरुङले जानकारी दिए ।

केटीएम इन्टरटेन्मेन्टले आयोजना गरेको प्रत्येक कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत नेपालको सामाजिक सेवामा लगाइरहेको पनि जानकारी दियो । न्यूयोर्कको कुइन्सको अष्ट्रोरियास्थित मेलरोज बलरुममा आयोजित कन्सर्टको मुख्य आकर्षण भनेकै तीन जना नेपाल आइडलको समुह रहेको पनि उनले बताए ।

-नयाँबाटोबाट

The post नेपाल आइडलका ३ हिरोले अमेरिका पुगेर खोले अहिले सम्म नखुलेको पाटो हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.