जलेर कुरुप भएको डरलाग्दो अनुहार पीठको मासु काटेर टालियो

एजेन्सी । अफगानिस्तानको एक सानो गाउँमा बस्दै आएकी जुबैदा हसन २००१ मा दुर्घटनाबश जल्न पुगिन् । अनुहार तथा छाती पुरै जलेको थियो । त्यो बेला उनी ९ वर्षकी मात्र थिइन् ।

उनलाई स्थानीय हस्पिटलमा लगिएपनि डाक्टरले केही गर्न सकेनन् । त्यसको एक वर्ष पछि २००२ मा उनका पिताले उनलाई अमेरिकन मिलिटरी क्याम्पमा लगे । त्यो बच्चालाई देखेर सिपाहीहरु नै तर्सिए ।

ति बच्चा जलेपछि राम्ररी खान तथा ठीकसंग सुत्न पनि सक्दैन थिइन् । त्यति मात्र होइन, अनुहारको छाला सोहोरिएर छातीसम्म पुगेको थियो जसको कारण आँखा पनि बन्द हुँदैन थियो ।

त्यो क्याम्पमा रहेका केही सिपाहीले लस एन्जलसमा बस्दै आएका प्लाष्टिक सर्जन पीटर ग्रासमोनसंग जुबैदालाई भेटाइदिए । त्यसपछि ति सर्जनले जुबैदाको उपचार गर्न सुरु गरे ।

डाक्टरले ३ वर्ष लगाएर जुबैदाको उपचार गरेका थिए । उनले जुबैदाको पीठको मासु काटेर अनुहारमा लगाएका थिए । डाक्टरले उनलाई आफ्नै छोरी जस्तै गरी राखेका थिए । उनी उपचारको क्रममा निकै भावुक समेत बनेका थिए । ति डाक्टरको संगत पाएपछि जुबैदाले चाँडै नै अंग्रेजी समेत सिकिन् ।

उपचार पछि जुबैदा आफ्नो घर अफगानिस्तान फर्किएकी छिन् । छोरी जस्तै गरेर उपचार गरेका ति डाक्टरले उनलाई पढ्न सल्लाह समेत दिएका थिए । हाल जुबैदा सामान्य जीवन बिताइरहेकी छिन् ।

The post जलेर कुरुप भएको डरलाग्दो अनुहार पीठको मासु काटेर टालियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.