भारतसँग लड्न परे पछि नहट्न नेपाली सेनाले भित्र्याउँदै यस्तो अत्याधुनिक फाइटर हेलिकोप्टर

काठमाडौं । नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको छ । आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक आगामी डेढ बर्ष भित्र सेनाले भित्राउने भएको हो । हाल सेनासँग १० हवाइ साधन चालू अवस्थामा छन् भने १५ वटा चल्न सक्ने हालतमा छैनन् ।

प्राकृतिक प्रकोप र अन्य उद्धार कार्यका साथै दुर्गम क्षेत्रमा खाद्यान्न तथा पूूर्वाधारका सामग्री ढुवानी, बिरामीको उद्धार, विशिष्ट पदाधिकारीको उडानका लागि सेनाले सात वटा हवाई साधन (हवाइहाज र हेलिकप्टर) किन्ने भएको हो । यीमध्ये कतिपयको खरिद प्रक्रिया अघि बढिसकेको छ ।

रुसमा निर्माण भएका दुई एमआई–१७ हेलिकप्टर, एक विशिष्ट खाले (भीआईपी) हेलिकप्टर र एउटा जहाज (फिक्स्ड विङ) खरिद प्रक्रिया अघि बढेको छ । अन्य तीन प्रकारका (मध्यम–१ र हल्का–२) हेलिकप्टरका लागि पनि प्रक्रियागत काम हुँदै गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाले ६ हेलिकोप्टरसँगै ल्याउन लागेको हवाइ जहाज एअर बस कम्पनीको हो । स्रोतका अनुसार जहाज खरिदका लागि इन्डोनेसियाली कम्पनी पीटीडीआई र नेपाली सेनाबीच असार पहिलो साता सम्झौता भएको थियो । यसका साथै अमेरिकाले चार वटा स्काई ट्रक अनुदानमा उपलब्ध गराउने छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका क्रममा त्यो टुंगो लागेको हो ।बाढि पहिरोमा परेकालाई उद्धार र राहत सम्वन्धी कामबारे रक्षा मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सेनाले खरिद गर्ने हवाइजहाज र हेलिकोप्टरको प्रक्रिया अघि बढेको जानकारी दिइएको हो । हवाई साधन पर्याप्त नहुँदा समयमा उद्धार हुन नसकेको सेनाले जनाएको छ ।

२०७२ बैशाखको महाभुकम्पपछि उद्धारका लागि साधन स्रोत आवश्यक रहेको महसुस गरी सेनाले सरकालाई आग्रह गरे बमोजिम सरकारले सहयोग गरिरहेको प्रधानसेनापति क्षत्रीले बताए । त्यसपछि हवाई साधन सहित अन्य उपकारणका लागि करिव २१ अर्व रुपैया सेनाले मागेको थियो । यसमा सरकारले ८ अर्व हवाइसाधनका लागि र ५० करोड उपकरणका लागि माग भएको थियो । सेनाले पहिले प्रस्ताव गरेको रकममा थप समेत माग गरिरहेको छ । पछिल्लो समय दुई हेलिकप्टर र एक जहाज खरिदको लागि आठ अर्ब रुपैयाँ निकासा भए पनि सेनाले बजार भाउको अवस्था देखाएर थप ६६ करोड रुपैयाँ मागेको छ ।

रक्षा मन्त्री भीमसेनदास प्रधानका अनुसार एमआई– १७ रसियाबाट ल्याउने तयारी भएको हो । रक्षाले केही रकम थप गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी अर्थ सचिव श्रीधर सापकोटाले दिए । सेनाले ढिलो गरि खरिद प्रक्रिया अघि बढाउदा रकम केही बृद्धि भएको तर्क प्रस्तावमा उल्लेख रहेको स्रोतले बतायो । कमिसन एजेन्टको दबाबमा रकम थप्न खोजिएको स्रोतको दावी छ । स्रोतका अनुसार प्रधानमन्त्री निकट कमिसन एजेन्टहरूद्वारा रकम थप गर्न सेना, रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पनि दबाब परेको छ । सेना मुख्यालय, रक्षा, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा खरिद एजेन्टहरूको दौडधुप बढिरहेको स्रोतको भनाइ छ ।

आर्थिक वर्ष २०७३/७४ कै बजेटमै खरिद गर्न विनियोजन गरिए पनि ठोस प्रक्रिया अघि बढेको थिएन । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले जहाज (फिक्स्ड विङ) किन्न अनुमति दिएको छ । त्यसअघि दुई एमआई १७ खरिदका लागि पनि स्विकृत दिएको थियो । एउटा जहाज गतवर्ष दुर्घटनामा परेपछि चालु हालतको विमान कुनै पनि नरहेको प्रधानसेनापति क्षत्रीले बताए । खरिद मूल्यबारे जानकारी नदिइएको उक्त जहाजमा सामान ढुवानीसँगै प्यारा जम्प लगायतका सुविधा हुनेछ ।

सेनासँग स्काई ट्रक, आइल्यान्डर, एलुवेट, लान्सर, एभ्रो, पुमा, चिता लगायत विभिन्न सिट क्षमताका २५ वटा जहाज रहेकामा तीमध्ये दुई सुपर पुमा, दुई एमआई १७, एक स्काई ट्रक तथा अन्य ५ वटा हेलिकप्टर मात्रै उडान योग्य छन् । सेनाले खरिद मात्र होइन विक्रीमा समेत आफ्नो हेलिकप्टर राखेको छ । १२ हेलिकप्टर बढाबढमा राखिएको छ । तीमध्ये ८ वटा नचल्ने अवस्थाका र ४ वटा बनाएर चलाउन सकिने छन् । तर बारम्बार टेन्डर गर्दा पनि दरखास्त परेको छैन । अहिले सेनासँग १० हेलिकप्टर चालु हालतमा र एक मर्मतको लागि लिथुनियामा छ । अर्को स्काई ट्रक्क मर्मत हुन सक्ने अवस्थामा छ । अमेरिकी सहयोगमा स्काई ट्रक उपलब्ध गराउने कम्पनीले हस्तान्तरण क्रममा त्यसलाई मर्मत गरिदिने बताएको छ ।

गोर्खालीखबरबाट ।

The post भारतसँग लड्न परे पछि नहट्न नेपाली सेनाले भित्र्याउँदै यस्तो अत्याधुनिक फाइटर हेलिकोप्टर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.