यस्ता छन् तरकारीवाली कुशुम श्रेष्ठ अभिनित ‘लम्फु’ को गीत

काठमाडौं – तरकारीवालीको परिचयबाट चिनिएकी कुशुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फु’ का गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रका अडियो गीतहरु जुबक्स मार्फत सार्वजनिक गरेको हो । चलचित्रमा ‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका ४ गीत रहेका छन् ।

ती चारै गीतमा अर्जुन पोखरेको संगीत छ, भने स्वर प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेको रहेको छ । गीतले माया प्रेममा, रोमान्स, वियोग तथा युवा अवस्थाको जिन्दगी प्रस्तुत गर्नेछ ।

गोपाल चन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट नव–नायक कबिर खड्काले डेब्यू गर्दैछन् । कबिरसहित चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीउर्फ कुशुमले यसै चलचित्रबाट अभिनयमा डेब्यू गरेकी हुन् ।

चलचित्रले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । ‘लम्फू’ पपुलर मल्टिमिडियाको लागि शक्तिबल्लभ घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ ।

The post यस्ता छन् तरकारीवाली कुशुम श्रेष्ठ अभिनित ‘लम्फु’ को गीत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.