एउटै व्यक्तिका ३९ पत्नी, ९४ छोराछोरी, ३३ नातिनातिनीसहितको विश्वकै ठूलो परिवार [हेर्नुहोस्]

मिजोरम । एउटा परिवारमा कति सदस्य होलान् ! अहिलेको समयमा एउटा परिवारमा सरदर ५/६ जना सदस्य हुन्छन् । तर भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित गरिएको छ ।

कुल १८१ सदस्य संख्या रहेको यो परिवारका मुखिया जियोना चाना हुन् । उनका ३९ पत्नी छन् । त्यस्तै ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनी उनको परिवारका सदस्य छन् ।

भारतको मिजोरमस्थित बख्तवाङ्गमा बसोबास गर्दै आएको यो परिवार एउटै घरमा एउटै भान्छा प्रयोग गर्दै आएको छ । सय कोठा भएको चार तले घर यो परिवारले ढाकिएको छ । जियोनाको पहिलो विवाह सन् १९५९ मा भएको हो । उनको पछिल्लो विवाह भने सन् २००४ मा भएको थियो । यो परिवारको पेट भर्नका लागि दैनिक एक सय ३० किलो अन्न र तरकारी पाक्ने गर्दछ । मासुका लागि यो परिवारलाई एक छाकमा ३० देखि ४० वटा कुखुरा चाहिने गर्दछ । जियोनाका सबै पत्नी आज्ञाकारी छन् र आपसमा मिलेर बस्दै आएका छन् । (एजेन्सी)

The post एउटै व्यक्तिका ३९ पत्नी, ९४ छोराछोरी, ३३ नातिनातिनीसहितको विश्वकै ठूलो परिवार [हेर्नुहोस्] appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.