विश्वकै महंगो शालिग्राम चोरी बढ्यो, कालीगण्डकीमा पाईने यसको महत्व यस्तो छ

विश्वकै महंगो शालिग्राम चोरी बढ्यो, कालीगण्डकीमा पाईने यसको महत्व यस्तो छ

काठमाडौ । कालीगण्डकी नदी क्षेत्रमा पाइने बहुमूल्य शालिग्राम ढुङ्गा अहिले हराउन थालेका छन् । शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व रहेकाले मानिसले यसकोे खोजी गर्नेहरु बर्सेनि बढेको पाइन्छ । मुस्ताङको कागबेनीदेखि देवघाटसम्म शालिग्राम पाइने भएकाले यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’का रुपमा लिइने गरिन्छ ।

शालिग्रामलाई हिन्दू धर्मावलीले विष्णुका प्रतीक रुपमा लिई घर तथा मठमन्दिरमा पूजासमेत गर्छन् । शालिग्रामप्रति विदेशीले विशेष चासो राखेर किन्न थालेको रामपुर नगरापालिका केलादीघाटका सूर्यप्रसाद पोखरेल बताउनुहुन्छ । शालिग्राममा सुनका साना कण हुने विश्वास स्थानीयवासीको छ ।
नदी किनारामा प्रशस्त मात्रामा पाइने शालिग्राम अहिले पहिला जस्तै गरी पाउन छाडेको पोखरेलको भनाइ छ । शालिग्राम प्रतिएकको रु २०० देखि ५०० मा कारोबार हुँदै आएको छ । पाल्पा, तनहुँ, स्याङ्जा र नवलपरासी जिल्लाको सङ्गमस्थल केदालीघाटमा स्नान गर्न आउनेले पहिले पहिले प्रशस्त शालिग्राम भेटाएर लैजाने गरेको देखिए पनि अहिले जति खोजे पनि भेटाउन गाह्रो छ ।

“ढुङ्गामा चक्र हुनु नै पर्छ, चक्र नभएको शालिग्राम वास्तवमा सक्कली शालिग्राम होइन”, स्थानीय बासिन्दा उमानाथ आर्यालले भन्नुभयो । पहिला जस्तो गरी कालीनदी किनारामा शालिग्राम भेटाउन नसकिने उहाँको भनाइ छ । शालिग्राम कालो, चिल्लो र चक्रसहित तर रेसारहित हुने गर्छ ।

कालीगण्डकीमा शालिग्राम मात्र होइन, सुन खोज्न भारतीयहरु अवैध रुपमा आउँछन् । पाल्पाका केलादी, राम्दी र रुरु क्षेत्रमा उनीहरुले सरकारको अनुमति नलिई बालुवा चालेर सुनका साना कण लैजाने स्थानीयवासीको गुनासो छ । रासस

The post विश्वकै महंगो शालिग्राम चोरी बढ्यो, कालीगण्डकीमा पाईने यसको महत्व यस्तो छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.