बिदेश गएका पति छाडेर अर्कैसँग बिबाह गरेकी महिलामाथि निर्घात कुटपिट

बिदेश गएका पति छाडेर अर्कैसँग बिबाह गरेकी महिलामाथि निर्घात कुटपिट
मोरङ । बैदेशिक राेजगारमा गएका पतिलार्इ छाेडर गाउँकै अर्का पुरूषसँग प्रेम सम्बन्ध रही बिवाह गरेकी एक महिलामाथि स्थानीयवासीले निर्घात कुटपिट गरी गाउँ निकाला गरेका छन् । दोस्रो विवाह गरेकी महिलालाई आमा विरामी भएको भन्दै गाँउमा बोलाएर गत पुस चौध गते निर्घात कुटपिट गरिएको हो । कुटपिट गरी उनलाई चप्पलको माला लगाएर मुखमा कालो मोसो दलिएको थियो । त्यसपछि घरदेखि एक किलोमिटर टाढासम्म लखेटेर गाँउ निकाला गरिएको पीडित महिलाले बताइन् ।

रंगेली नगरपालिका–५ आँपगाछीस्थित ठाकुर टोलका गुलावचन्द सरदारकी पत्नी र ठाकुरबीच प्रेम सम्वन्ध थियो । सरदार वैदेशिक रोजगारमा रहेको समयमा नै चार महिना अघि उनीहरुले विवाह गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते ठाकुरको भारतमा उपचार भैरहेको छ । पीडित महिला भने अहिले आफन्तको शरणमा छिन् ।

उक्त घटनामा सग्लन स्थानीय रंजित ठाकुर, कुलान्द ठाकुर,गोवर्धन ठाकुर, महानन्द ठाकुर, सरिता ठाकुर र प्रकाश ठाकुर लगायतलाई प्रहरीले नियन्त्रणमा लिर्इ सार्वजनिक अपराध अन्तर्गत कारवाही अघि बढाएको छ । उक्त घटनामा अरुको पनि संग्लनता रहेको हुनाले उनीहरुको पनि खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । कुटपिटको नेतृत्व गर्ने एमाले रंगेली नगर कमिटीका अध्यक्ष दिनेश ठाकुर भने फरार रहेका छन् ।

पीडित महिलाले गत असोजमा स्थानीय एक राजकुमार ठाकुरसँग दोस्रो विवाह गरेकै कारण उनीमाथि दुर्व्यवहार गरिएको हो । ठाकुरले पनि दोस्रो बिहे गरेर गाउँ–समाजको थिति बिगारेको भन्दै गाँउ निकाला गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

The post बिदेश गएका पति छाडेर अर्कैसँग बिबाह गरेकी महिलामाथि निर्घात कुटपिट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.