किड्नी बिग्रिनुमा तपाईको लापरवाही, यस्तो बानी छ भने अब बेलैमा त्यागौ।

जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन । जुन यस प्रकार छन्

१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।

२. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ

३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।

४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

७ . सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।

९. दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।
थाहै नपाई गुम्न सक्छन् मृगौला (कारण र लक्षण)

नपत्याइँदो हिसाबले मान्छेका मृगौलामा समस्या देखिन सक्छन् । जस्तो, सर्लाहीका रामकिशन महतो, ३२ लाई भयो । उनलाई छिनछिनमा पिसाब लाग्ने समस्या देखियो ।
अनुहारसमेत सुिनन थालेपछि बल्ल उनी उपचार गर्न गए । सामान्य जाँचपछि नै चिकित्सकले उनको मृगौला फेल भएको हुनसक्ने अड्कल काटे । थप परीक्षणपछि परिणाम पनि त्यस्तै आयो ।
उनलाई चिकित्सकले काठमाडौं शिक्षण अस्पताल रिफर गरे । अहिले महतोले हप्तामा दुई पटक डाइलसिस गराइरहेका छन् । ३२ वर्षको उमेरसम्म कुनै शारीरिक लक्षण नदेखिए पनि चिकित्सकले उच्च रक्तचापका कारण उनको मृगौला फेल भएको बताएका छन्।
कसरी गर्ने मृगौलाको हेरचाह ?
चिकित्सकहरू भन्छन्, ‘वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य छ ।’ त्यसबाहेक मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउन डा. शाहको सल्लाह छ।
प्रारम्भिक तहका जाँचबाट मृगौलामा रहेको गडबडीको सङ्केत मिलेपछि कुन तहको समस्या छ भन्ने जान्नका लागि भने विशेष परीक्षण गर्नुपर्ने हुन्छ ।

चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।
आयुर्वेदिक जडीबुटीको जथाभावी प्रयोग
चिकित्सकहरूका अनुसार धेरै जडीबुटी तथा आयुर्वेदिक औषधिको प्रयोगले पनि मृगौला फेल गराएका उदाहरण प्रसस्त छन् । आयुर्वेदिक औषधिले कुनै प्रतिअसर गर्दैन भन्ने कुरा भ्रमपूर्ण रहेको चिकित्सकहरू दाबी गर्छन् । कतिपय आयुर्वेदिक औषधिकै कारण मृगौला फेल हुने गरेको अनुसन्धानले देखाएको छ । यी बाहेक, ‘क्याडवियम’, मर्करी, ‘लेड’जस्ता गह्रुँगा धातुले पनि मृगौला फेल गराउन सक्छन् ।

मृगौला फेल हुने कारण

– वंशाणुगत
– मधुमेह
– उच्च रक्तचाप
– पिसाब सम्बन्धी समस्या
– पाठेघर खस्नु
– मृगौलामा पत्थरी, ट्युमर
– प्रोस्टेटको आकारमा बृद्धि
– जन्मजात पिसाब नलीमा खराबी
– रगतमा दूषित पदार्थको प्रवाह
– लामो समय पेनकिलरको प्रयोग
– शरीरमा पानीको कमी ।
मृगौला फेलका लक्षणहरू

– शरीर दुब्लाउँदै जाने
– शरीरका विभिन्न अङ्ग सुन्निने
– पिसाब कम हुने र पोल्ने
– पिसाबमा रगत देखिने
– क्षणक्षणमा पिसाब भइरहने
– थोरै हिँड्दा पनि थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने
¬– पिँडौलाको मासु फर्किने
– वाकवाकी लाग्ने
– छाला सुख्खा हुने र चिलाउने
– उच्च रक्तचाप हुने
– रगतको मात्रा कम हुँदै जाने
– महिनावारी समयमा नहुने
– यौन रुचि घट्दै जाने
– प्रजनन दरमा कमी आउने
– ढाड र कम्मर दुख्ने

The post किड्नी बिग्रिनुमा तपाईको लापरवाही, यस्तो बानी छ भने अब बेलैमा त्यागौ। appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.