जीवनमा पाप गर्नेलाई नर्कमा कस्तो सजायँ मिल्छ ? हेर्नुस् (फोटोफिचर सहित

मानिसले जिवनकालमा पुण्य गरेमा स्वर्गमा बास हुने तर पाप गरेमा नर्कमा गएर पापको फल भोग्नुपर्ने मान्यता हिन्दु धर्मग्रन्थहरुमा छ । यमराजले पापीहरुलाई नर्कमा लगेर उसको पापको प्रकृति हेरिकन विभिन्न खाले चरम यातना तथा दण्ड दिने गर्छन् भनिन्छ ।

pap-garda-paune-sajaya2

अहिलेसम्म नर्कमा गएर पापको सजायँ भोगेर फर्किएँ भन्ने मान्छे दुनियामा कोही नभएको हुनाले यी कुराहरु बकम्फुस्से जस्ता लाग्छन् । तर पापको फल नर्कमा भोग्नुपर्छ भन्ने विश्वास तथा डर हाम्रो मनमा निकै गहिरोसँग गाडिएको छ ।
थाइल्याण्डमा एउटा विचित्रको मन्दिर छ । जसलाई नर्कलोक पनि भनिन्छ । मन्दिरमा यस्ता भयंकर मूर्तिहरु छन् जसलाई हेर्दैमा डर लाग्छ । एकले अर्कोलाई काटेको, मारेको, तड्पाएको, रगत बगेको देखाइएका मूर्तिहरु मन्दिरमा छन् जसले नर्कमा दिइने विभिन्न यातनाका काल्पनिक स्वरुपलाई देखाउँछन् ।

pap-garda-sajaya3

वेट मेइ केट नोइ नामक उक्त मन्दिर थाइल्याण्डको चियांगमेइमा रहेको छ । मन्दिरका यी मूर्तिहरुलाई एक बौद्ध भिक्षुले बनाएका थिए । मानिसलाई गलत काम वा पाप नगर्नका लागि सचेत बनाउन ती भिक्षुले यस्ता मूर्ति बनाएका थिए । मानिसले जिवनमा गर्ने पापको फल नर्कमा गएर कसरी भोग्नुपर्छ ? भन्ने कुरा देखाउने उनको आशय थियो ।
यो बुद्ध मन्दिरलाई नर्क संग्राहलय पनि भन्न थालिएको छ आजकल । यहाँ थुप्रै पर्यटकहरु आउने गर्छन् र यहीँ आएर बिहे तथा बर्थडे समेत मनाउँछन् । अरु बुद्ध मन्दिर तथा गुम्बाहरुमा बुद्धको शान्त मूर्ति राखिने भएपनि यो नर्क मन्दिर भने फरक छ । यसमा काटमार तथा चरम यातनाका दृश्यहरु देखाउने मूर्तिहरु राखिएको छ ।

pap-ko-sajaya4

The post जीवनमा पाप गर्नेलाई नर्कमा कस्तो सजायँ मिल्छ ? हेर्नुस् (फोटोफिचर सहित appeared first on Taja nepali news.

http://ift.tt/2D3pBRO
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.