काठमाडौँ,२५ कार्तिक |मुटु बेच्न मिल्ने भए बेचेर सन्तान बचाउँथ्यौं गुल्मी – हरेक दम्पतीले बुनेकै हुन्छन् सन्ततीको सपना तर सन्तान प्राप्ति सधैँ सुखकर घटना बनेर आउँदैन गुल्मी, जैसीथोक–२, रातापोखराका गीता–जनक कुवँर दम्पती पनि सन्तान प्राप्तिपछिको विपत्तीले कहालिएका छन् ।
अस्वाभाविक पेट र दुखाइका कारण १६ मंसीरमा लुम्बिनी मेडिकल, पाल्पाप्रभासमा भर्ना भएकी जनकपत्नी गीताको ३० पुसमा अप्रेशन गरेर चार सन्तान निकालियो । उनीहरूको तौल कम थियो, त्यसैले आइसियू कक्षमा राखियो । दम्पतीका अनुसार उनीहरूको उपचारका लागि अहिलेसम्ममा झण्डै ५ लाखभन्दा बढी खर्च भइसकेको अस्पतालको रेकर्ड छ । अझै पनि उनीहरू पूर्ण स्वस्थ हालतमा छैनन्, त्यसैले कति लाग्ने हो थाहा छैन ।
एकैपटक चार सन्तान जन्माउँदा खुसी र पीर एकैपटक जन्मिएजस्तो भयो कुवँर दम्पतीलाई । एकैपटक चार सन्तान जन्माउने दुर्लभ घटनाबारे चर्चा पनि भयो । जनक भन्छन्, ‘खबर सुनेर पाल्पाका सिडिओ, एलडिओदेखि पत्रकार पनि आए ।
तर तिनलाई कसरी बचाउने भन्ने चिन्ताबारे कसैले चासो राखेनन् ।’ उनी आफ्ना सन्तान प्रचारमा आएको होइन, बाँचेको हेर्न चाहन्छन् । त्यसैको लागि भौंतारिइरहेका छन् । तर अस्पतालमा लाग्ने खर्चले कहालिएका छन् । उनले भक्कानिँदै भने, ‘यिनीहरूलाई बचाउन हामी आँखा र मुटु नै बेच्न पनि तयार छौं ।’
चार सन्तानकी आमा गीताका अनुसार सुरुमा कुवँर दम्पती सरकारी अस्पताल तम्घासको शरणमा पुगेका थिए । तर त्यस अस्पतालमा डाक्टर नभएको भन्दै निजी अस्पताल रेसुङ्गामा पठाइएको थियो । त्यस अस्पतालले चार वटा सन्तान रहेको भन्दै प्रसुती सेवाका लागि लुम्बिनी मेडिकल कलेज पठायो ।
The post एकैपटक ४ सन्तान जन्माउने दम्पत्तीको हासो र रोदन एकै चोटी ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.