मनै रुवाउने दर्दनाक घटनाः लाखौं कमाउने छोराका लागि १०० वर्षकी आमा बोझ भएपछि…

आफैंलाई जन्माएर हुर्काउने आमा बृद्ध र अशक्त भएपछि उनीप्रति सन्तान कतिसम्म क्रुर हुन सक्छन् भन्ने कुरा हालै भएको एउटा घटनाले पुष्टि गरेको छ । १०० वर्षकी आफ्नी आमा अशक्त र बिरामी भएपछि एक सन्तानले उनलाई रेलवे स्टेशनमा एक्लै लावारिस छोडेर भागेका छन् । भारतको लखनउको चारबाग रेलवे स्टेशनमा भेटिएकी ती महिलाको साथबाट १ सय ४० रुपैयाँ र ग्वालियरदेखि लखनउसम्मको रेलको टिकट भेटिएको भारतीय समाचार साइट दैनिक भाष्करले जनाएको छ ।

ती महिलालाई उनका छोराले गत अक्टोबर १ तारिखका दिन ग्वालियरबाट लखनउ ल्याएर स्टेशनमै लावारिस छोडेर भागेका थिए । ती महिला दुई घण्टासम्म स्टेशनमै बसिरहिन् । उनलाई यसरी बसेको देखेका एक यात्रुले सामाजिक संस्था ‘हेल्पेज इण्डिया’लाई फोन गरेर ती महिलाबारे जानकारी गराए ।

संस्थाले ती महिलालाई एक महिनासम्म आफैंसँग राखेर उपचार गरायो । एक महिनापछि सामाजिक संजालबाट जानकारी पाएर ती महिलाकी छोरी आएर उनलाई लिएर गएकी छिन् । छोरीका अनुसार उनका भाइ फलफूलका ठूला व्यापारी हुन् र उनले दैनिक लाखौं कमाउँछन् ।

चम्पा नामकी ती वृद्ध महिला १ अक्टोबरका दिन रेलवे स्टेशनमा बेहोस अवस्थामा थिइन् । हेल्पेज इण्डियाले उनलाई त्यहाँबाट लिएर बलरामपुर अस्पतालमा भर्ना गरी उपचार गराएको थियो । होशमा आएपछि उनले आफू छोरा मुरारीसँग ग्वालियरबाट त्यहाँ आएको बताइन् ।

ग्वालियर आउनेबित्तिकै उनका छोरा बेपत्ता भएका थिए । महिलाका अनुसार उनका छोरा उनलाई त्यहाँ छोडेर अर्को ट्रेनबाट ग्वालियर फर्किएका थिए । चम्पा दुई घण्टासम्म स्टेशनमा बसिरहिन् । भोक प्यासका कारण उनी बेहोस भएकी थिइन् ।

हेल्पेज इण्डियाका निर्देशक अशोक कुमारका अनुसार उनको हालत निकै नाजुक भएका कारण घरको ठेगानासम्म बताउन नसक्ने अवस्थामा थिइन् । उनीहरुले खोजतलास गर्दा ती महिलाको पछ्यौरामा ग्वालियरदेखि लखनउको टिकट र १ सय ४० रुपैयाँ बाँधिएको थियो । उनको उपचारको व्यवस्था मिलाएपछि हेल्पेज इण्डियाले लगातार ती महिला को हुन् भन्ने विषयमा खोजी गरिरह्यो । उनीहरुले ती महिलाको फोटो सामाजिक संजारमा फैलाएर उनका आफन्तको खोजी गरिरहे । यही क्रममा एक महिलाको संस्थामा फोन आयो । ती महिलाले आफूलाई चम्पाकी छोरी बताएकी थिइन् ।

५ नोभेम्बरका दिन चम्पाकी छोरी सुष्मा अस्पताल पुगिन् । सुष्मा आफैं ८५ वर्षकी छिन् । अहिले चम्पा छोरी सुष्मासँगै बस्न थालेकी छिन् । सुष्माका अनुसार चम्पालाई स्टेशनमा छोडेर भाग्ने छोरा मुरारी ६० वर्षका छन् । ग्वालियरमा उनको फलफूलको ठूलो कारोबार छ । उनका छोरा मोवाइल फोनको खरिदबिक्रीको कारोबार गर्छन् ।

मुरारीसँग पैसाको कमी छैन तर आमाको स्याहार गर्ने दुःखले उनले आमालाई यस्तो हालमा छोडेका थिए । सुष्माले भाइबुहारीले आमाबाट पिछा छुटाउन चाहेको भए आमा आफूसँगै रहने बताइन् । सुष्मा लखनउमै बस्छिन् । सुष्माकी बहिनी उषा वाराणासीमा बस्छिन् । –दैनिक भाष्करबाट

The post मनै रुवाउने दर्दनाक घटनाः लाखौं कमाउने छोराका लागि १०० वर्षकी आमा बोझ भएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.