धुर्मुस-सुन्तलीलाई साउदीबाट उठ्यो ५१ लाख सहयोग

काठमाडौँ। तराईको रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ मा निर्माणाधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणका लागी सहयोग संकलन गर्न साउदी अरव पुगेका सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली) ले ५१ लाख सहयोग संकलन गरेका छन्। धुर्मुसले फेसबुक स्ट्याटस राख्दै उक्त सहयोग संकलन भएको जानकारी दिएका हुन्।

धुर्मुसको स्ट्यासमा लेखिए अनुसार नोभेम्बर १७ मा रियादमा भएको ‘धुर्मुस सुन्तली साँझ’ बाट झण्डैं ७२ हजार ३ सय ४७ रियाल संकलन भएको थियो भने साउदी अरब स्थित रियाद, हापुफ, दबाम, जुवेल लगायतका स्थानहरुबाट १ लाख १४ हजार ८१ रियाल संकलन भएको हो। धुर्मुस सुन्तलीले साउदी अरवबाट जम्मा १ लाख ८६ हजार ४ सय २८ रियाल अर्थात नेपाली ५१ लाख ६ हजार २ सय ६२ रुपैंया सहयोग संकलन गरेका छन्। ‘साउदीबाट नसोचेको सहयोग प्राप्त भयो’ धुर्मुसले हर्षित मुद्रामा भने ‘यो सहयोगले हामीलाई खुसी मात्र दिएको छैन् भावुक पनि बनाएको छ ।’

उनले स्ट्याटस मार्फत सम्पुर्ण सहयोगीलाई धन्यवाद दिँदैं साउदी बासीहरुबाट अझै सहयोगको अपेक्षा लिएको जानकारी दिएका छन्। धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्ती करिव ६ करोडको लगानीमा निर्माण हुँदै छ।

बस्ती निर्माणका लागि सहयोग संकलन जारी रहेपनि अझै फाउण्डेशनलाई २ करोड ९४ लाख सहयोगको अभाव रहेको छ। धुर्मुसका अनुसार यो बस्ती निर्माणका लागि ठिलो गरि सहयोग संकलन भएपनि समयमानै बस्ती निर्माण सम्पन्न गरि पिडितहरुलाई हस्तान्तरण गरिनेछ। धुर्मुस सुन्तली करिव एक साता लामो साउदी बसाई पछि शुक्रबारनै नेपाल फर्किदैं छन्। dcnepal

The post धुर्मुस-सुन्तलीलाई साउदीबाट उठ्यो ५१ लाख सहयोग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.