राष्ट्रपति भण्डारीद्वारा समवेदना

काठमाडौँ, ४ मंसिर (रासस) / राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उहाँका परिवारलाई भेट गरी समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी पुत्र वियोगमा रहनुभएका अध्यक्ष ‘प्रचण्ड’ सहित उहाँका परिवारलाई समवेदना व्यक्त गर्न आज लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुग्नु भएको राष्ट्रपतिका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहालको आइतवार विहान हृदयघातका कारण ३६ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।

यसैगरी नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उहाँका परिवारलाई भेट गरी समवेदना व्यक्त गर्नुभएको छ ।

प्रम देउवा आज अध्यक्ष प्रचण्ड निवासमा लाजिम्पाट पुगी असामयिक निधन भएका प्रकाश दाहालप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा हार्दिक समवेदना व्यक्त गर्नुभएको प्रम देउवाका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल, भानुभक्त ढकाल, विष्णु रिमाल पनि लाजिम्पाट जानुभई पुत्र वियोगमा रहनुभएका अध्यक्ष प्रचण्ड सहित परिवारलाई भेट गरी समवेदन प्रकट गर्नुभयो थियो ।

एमाले अध्यक्ष ओलीले आइतबार विहान प्रकाश दाहालको असामयिक निधनको खबरले आफू भावविह्वल भएको र एमाले तथा आफू स्वयंका तर्फबाट सिंगो परिवारमा समवेदना व्यक्त गर्नुभएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा, अध्यक्ष ओलील लगायतले त्यहाँ रहेको स्वर्गीय प्रकाश दाहालको तस्वीरमा पुष्पगुच्छा चढाई भाव पूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

The post राष्ट्रपति भण्डारीद्वारा समवेदना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.