फेरी अर्को दु:खद खबर: लोकदोहोरी गायक सागर बोहराको निधन..

काठमाडाैं । चर्चित लोकदोहोरी गायक सागर बोहराको निधन भएको छ । दर्जन भन्दा बढी गीत गायका सगर बोहरा उनका भतिजहरु विदेश जान लागेको बेला एकचोटी भेटुँ भनेर कोठामा जाँदा कोठाको ढोका खुलै भएको र उनी सुतिरहेकै अवस्थामा मृत भेटेका थिए ।

तिबेला उनको शवलाई प्रहरीहरुले मुचुल्का उठाउने कार्य भइरहेको गायक गणेश जिसी मार्फत जानकारी प्राप्त भएको छ । फोक्सो, लिभर र प्रेसरको समस्याले ग्रसित भएको फेला पारेपछि गायक गणेश जिसी, जुनु पुन लगायतले उपचारका लागि काठमाडौं ल्याएका थिए ।

केही समय अघि मात्र काठमाडौंको धापासीस्थित ग्राण्डी हस्पिटलमा उपचार गराएपछि सामान्य रुपमा फर्किएका गायक बोहराले काठमाडौंको गणेशस्थान नजिकै डेरा लिएर बस्दै आएका थिए ।

उनको स्वास्थ्य स्थिति सामान्य रुपमा आएपछि बसपार्कमा कामसमेत गर्न थालेको गायक गणेश जिसीले बताए । उनका अनुसार गायक बोहरा एक्लै भएका कारण पुनः मादकपदार्थ सेवन गर्न थालेको हुँदा निधन हुन पुगेको हुनसक्ने बताएका छन् ।

गायक बोहराका कहिले माया लाउँदै, न्याउली जस्तै रुन्छु, अर्कैले सिन्दुर भरेको, बुटवल पोखरा लगायत जस्ता चर्चित गीतहरु बजारमा छन् ।

सुमधुर स्वरका धनी गायक बोहरा लामोसमय गाउँमा नै गुमनाम भएर बसेका थिए । news24nepal

The post फेरी अर्को दु:खद खबर: लोकदोहोरी गायक सागर बोहराको निधन.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.