पुत्र प्रकाशको शव हेरर आँशु थाम्न नसकेपछि, अध्यक्ष्य दाहाल नर्भिकका सिइओको कक्षमा

काठमाण्डौ । पुत्रको शव देख्दा कुन पिताको गह नभरिएला र ? यस्तै भयो पुष्पकमल दाहालको हकमा पनि । नर्भिक अस्पतालमा आफ्नो पुत्र प्रकाशको शव देखेपछि भक्कानिएका दाहालले आँशु थाम्न सकेनन् र मर्माहत बनेर निकै बेर रोइरहे ।

आफ्नो पत्नि सीता र परिवारका अन्य सदस्यहरु सहित नर्भिक अस्पताल पुग्नु भएका अध्यक्ष दाहालले छोरा प्रकाशको शव हेरेपछि भक्कानिदै नर्भिकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहको कार्यकक्षमा पुगेर निकै समय भावविव्हल बन्नु भएको थियो । चार बर्ष अघि छोरी गंगालाई गुमाउनु भएका दाहालले छोरा प्रकाशलाई निर्वाचनको दौडादौडको विचमा सदाको लागि गुमाउनु परेको छ । आफ्नो राजनीतिक सहयोगी पनि रहेका छोरा प्रकाशले लामो समयदेखि पिताको राजनीति र बिभिन्न गतिविधिमा साथ दिदै आउनु भएको थियो ।

यसैबीच प्रकाशको निधनको खबर फैलिए लगत्तै नर्भिक अस्पतालमा आफन्त , शुभचिन्तक र बिभिन्न दलका नेताहरु एवं समाजका बिभिन्न क्षेत्रका व्यक्तिहरुको ठूलो घुँइचो लागेको छ । आफन्तहरु निकै भावविव्ह्ल बनेका थिए भने सबैको अनुहार मलिन देखिएको थियो । पत्नी विना मगर पति प्रकाशको निधनको खबर सुनेर अस्पताल पुग्दा निकै मर्माहत बनेकी थिइन् ।

अस्पताल परिसरमा विहानैदेखि सुरक्षाको व्यवस्था कडा पारिएको थियो भने भीड बढ्दै जाँदा प्रहरीले भीड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।

The post पुत्र प्रकाशको शव हेरर आँशु थाम्न नसकेपछि, अध्यक्ष्य दाहाल नर्भिकका सिइओको कक्षमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.