सुनको ट्वाइलेटको मूल्य ५३ करोड, प्रयोग गर्नका लागि गर्नुपर्छ यस्तो काम

काठमाडौं, ३० कात्तिक — यो संसारमा अत्यधिक मूल्य भएका वस्तुहरूको संख्या ठूलो छ । यहाँ हामी केही यस्ता वस्तुको चर्चा गर्दैछौं जसको मूल्य सुनेर तपाईंको दिमाग एकचोटि चक्कर खान्छ ।

माथिको चित्रमा देखिने हङकङको एक गहना पसलमा राखिएको गोल्ड बाथरूममा सबैकुरा सुनकै छ । यसलाई बनाउन ५३ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिएको थियो । ट्वाइलेट प्रयोग गर्नका लागि कम्तीमा एक लाख रुपैयाँ खर्च गर्नुपर्छ ।

अमेरिकाको इन्डस्ट्री किचनमा पाइने २४के पिज्जा संसारकै सबभन्दा महंगो पिज्जा हो । यसको मूल्य लगभग पौने तीन लाख रुपैयाँ पर्छ । यसमा विशेष मसलाहरू हालिन्छ । यसको माथिल्लो भागमा सुन प्रयोग गरिन्छ जसलाई देखेर मानिसको मुखमा पानी आउँछ ।

नुहाउनका लागि अनेक किसिमका साबुन प्रयोग गरिन्छन् तर यो साबुनको मूल्य लगभग तीन लाख रुपैयाँ छ । कतार रोयल सोप संसारकै सबभन्दा महंगो साबुन हो । हीरा र सुनको धुलो, मह अनि जैतूनको तेल हालेर यो साबुन बनाइन्छ ।

पानीको बोतलमा २० रुपैयाँ जतिमा पाइन्छ । तर ६४ लाख रुपैयाँ पर्ने बोतल पनि छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । फर्नान्डो आल्तामिरानोले फ्रान्समा बनाएको आक्वा दी क्रिस्टालो संसारको सबभन्दा महंगो बोतल हो । यसको मूल्य ६० हजार डलर छ । यो २४ क्यारेट सुनले बनेको छ र यसमा फिजीबाट ल्याइएको विशेष पानी छ ।

आधा दर्जन अण्डाबाट बनाइने यो अमलेटको मूल्य लगभग एक लाख रुपैयाँ पर्छ ।

यो शावरको मूल्य एक लाख डलर अर्थात् १० करोडभन्दा बढी हो । यसमा टचस्क्रीनको सहायताले तापक्रम नियन्त्रण गर्न सकिन्छ । यसको १८ वटा क्षेत्रमा शावर लगाइएका हुन्छन् र तिनले शरीरका फरक फरक भागलाई लक्षित गर्छन् । सबैको तापक्रम फरक रूपमा नियन्त्रण गर्न सकिन्छ ।

बुद्ध जम्प्स ओभर द वाल नामक यो सूपको मूल्य लगभग २० हजार रुपैयाँ छ । यस सूपमा ३० किसिमका मसलाहरू हालिन्छ ।

एजेन्सी lokaantar.

The post सुनको ट्वाइलेटको मूल्य ५३ करोड, प्रयोग गर्नका लागि गर्नुपर्छ यस्तो काम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.