यसकारण गर्यो टेलिकमले आफ्ना ग्राहकलाई फोन नउठाउन आग्रह !

मङ्सिर १, काठमाडौं । धादिङ ज्वालामुखी गाउँपालिका-५ का कक्षा आठमा अध्यनरत १६ वर्षीय ऋतिक मगरलाई उनको भाइबरमा भारतीय नम्बरबाट फोन आयो।

फोन रिसिभ गरेपछि उनलाई कहिल्यै नभएको खुसी भयो। हुन पनि हो, १६ वर्षीय ऋतिकका लागि २५ लाख रुपैयाँ सानो कुरा थिएन। उनलाई तपाईंको एनसेलको नम्बर लक्की ड्रमा परेको र त्यसबापत तपाईंले २५ लाख रुपैयाँ जित्नुभएको भनी सूचना दिइयो। यतिसम्म कि, तपार्इंको लक्की ड्र नम्बर ७८६१० हो भनी टिपाएर भारतीय नम्बर ००९२३०७००५८१९८ मा कल गरी अन्य जानकारी लिन भनियो ।

उनलाई पनि साँच्चै हो कि जस्तो लाग्यो। ऋतिकले भोलिपल्ट फोनमार्फत उपलब्ध गराएको नम्बरमा फोन गरेर लक्की ड्र नम्बर ७८६१० ले पैसा जितेको हो भनी सोधे। उताबाट पनि तपाईंको सम्पूर्ण परिवारलाई बधाई छ, तपाईंले २५ लाख रूपैयाँ केबीसी (कौन बनेका करोडपति) को लक्की ड्रबाट जित्नुभएको छ भनी सम्बोधन गर्‍यो। ‘त्यसपछि ममा अझ विश्वास पलायो’, उनले भने, ‘मैले त्यसलाई फलो गर्दै गएँ, एक दिन उसले जनता बैंकको खाता नम्बर माग्यो।

मैले छैन भनिदिएँ। उसले अरू कसैको होला भनेर माग्यो।

त्यो पनि छैन भनिदिएँ। अनि उसले जनता बैंकमार्फत ‘मनोज यादव, रूपन्देही जिल्ला’को नाममा ४० हजार रूपैयाँ हालिदिन अनुरोध गर्‍यो। उसले बैंकको कुनै एकाउन्ट नम्बर उपलब्ध नगराए पनि ४० हजार हालेको पाँच मिनेटमा तपाईंको खातामा २५ लाख रुपैयाँ त्यहीँ उपलब्ध हुन्छ भन्यो।’ उनलाई नेपालको एनसेलको नम्बर ९८०९८६५१७९ मा कल गर्नसमेत भनिएको थियो। ‘मसँगै पैसा थिएन, हुन्थ्यो त सायद २५ लाखको लोभमा हाल्थेँ पनि होला’, उनले भने।

नेपाल टेलिकमले विदेशी नम्बरबाट फ्रड कल आइरहेकाले फोन नउठाउन र आफ्नो बारेमा जानकारी नदिन आग्रह गरेको छ। १६ वर्षीय ऋतिकका जस्तो घटना हुने घेरै छन्। गुल्मी सिमलटारीबाट काठमाडौं आएर बसेकी मन्जु थापाको घटना पनि त्यस्तै छ।

उनलाई पनि सीधै तपाईंको एनसेल नम्बर लक्की ड्रमा पर्‍यो २५ लाख जित्नुभयो भनेर भाइबरमा फोन आएको थियो। उनले त आफ्नो एकाउन्ट नम्बर पनि दिइसकेकी थिइन्। तर जब पैसा माग्यो अनि आफूलाई ठग्दै छ भन्ने ठानेर फोन र म्यासेजको रिप्लाई बन्द भयो।

यस्ता घटना पछिल्लो १५ दिनमा भाइबर र ह्वाट्स एपमा धेरै भएको छ। केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का अनुसार यस्ता खालका तीन चारवटा केस दर्ता भइसकेको छ। यो अनुसन्धानको क्रममा छ। तर केही पत्ता लाग्न भने सकेको छैन।

सीआईबीका प्रवक्ता जीवन श्रेष्ठका अनुसार फोन कुन रुटबाट आएको छ, कसले गरेको भनेर ट्रेस गर्नुका साथै कुन माध्यमको प्रयोग भइरहेको छ भनेर अहिले अनुसन्धान भइरहेको बताए।

टेलिफोन सेवाप्रदायक कम्पनीले पनि आफ्ना ग्राहकलाई सूचना दिन यस अवधिमा विभिन्न सन्देशमूलक पोस्ट फेसबुक तथा ट्वीटरमा हालिरहेको छ। नेपाल टेलिकमले बुधबार मात्र विदेशी नम्बरबाट फ्रड कल आइरहेकाले फोन नउठाउन र आफ्नो बारेमा जानकारी नदिन आग्रह गरेको छ।

त्यस्तै एनसेलले पनि ००९२ र ००९३ बाट सुरु भएको नम्बरबाट एनसेलमा फोन आइरहेकाले त्यस्ता कल नउठाउन र बच्न आग्रह गर्दै सूचना प्रकाशित गरिसकेको जानकारी दिएको छ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार टेलिकमले पनि यस्ता कल कुन रुटबाट आइरहेको छ भनी पत्ता लगाउने काम गरिरहेको जानकारी दिइन्। उनले फोन आएको कतिपय नम्बरलाई ब्लक गर्ने काम पनि भइरहेको र साथै अन्तर्राष्ट्रिय टेलिफोन पार्टनरलाई समेत यस्ता घटनाबारे जानकारी गराइसकेको बताइन्।

उनले यस्ता फोनले ग्राहक ठगिने भएकाले टेलिकमले पनि छानबिन गरिरहेको उल्लेख गरिन्। त्यसैले ग्राहकलाई यस्ता कलबाट बच्न टेलिकमले पनि आग्रह गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट

The post यसकारण गर्यो टेलिकमले आफ्ना ग्राहकलाई फोन नउठाउन आग्रह ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.