यी हुन् विदेशमासमेत पुगेर जस्तोसुकै क्यान्सरलार्इ शतप्रतिशत निको पार्ने नेपाली बैध

नेपालको नामी वकिल बन्ने उद्देश्य बोकेर बझाङबाट काठमाडौं छिरेका थिए । नेपाल ल क्याम्पसबाट बीएल गरेका उनले डिल्लीबजारमा ल फर्म पनि खोले । केही समय वकालत गरेपछि उनलाई वकालती पेशामा मन लागेन, उनी आफ्नै गाउँ फर्किए । कमलराजका हजुरवुवा बझाङका राजगुरु थिए । बझाङमा उनले गुरुकुल चलाएका थिए । गुरुकुलमा बास्तु, ज्योतिष, पुराणलगायत विभिन्न विषयमा पढाई हुन्थ्यो । कमलले पनि हजुरबुवासंग विभिन्न विषयमा अध्ययन गरेका थिए ।

वकालती काम छाडेका उनले गाउँमा गएर परम्परागत उपचार पद्धती र जडिबुटीका बारेमा अध्ययन गरे । अध्ययनकै क्रममा उनी भारतका विभिन्न स्थानमा पनि पुगे । उनले क्यान्सर रोगले थला परेका विरामीहरुको कल्पसनद पद्धतीबाट उपचार सुरु गरे । उनले हजुरबुवाबाट सिकेका सीप भारतमा प्रयोग गरे । भारतमा सफल रुपमा उपचार गरेपछि उनी २०६१ मा काठमाडौं आए र यहाँ पनि उपचार सुरु गरे । उनले अस्पतालमै राखेर क्रोनिक रोगको उपचार गरे ।

उनले उपचार गरेका २५ विरामीमध्ये २३ विरामीको सफल रुपमा उपचार गरे । नेपालमा मात्र होइन, भारतमा पनि उनले क्यान्सरलगायत कोमामा पुगेका विरामीको पनि चमत्कारिक रुपमा उपचार गरेर ब्यूँताए । उनले परम्परागत कल्पसनद पद्धतीबाट लिवियाका सेना प्रमुखको छोराको बंशानुगत रोगको उपचार गरे । भारतीय काउन्सिलरले नै कमलराज जोशीमार्फत उपचार गरिने भनेर भिसा दिएको थियो ।

अहिले संसारमा नै उपचार नभएको ड्युचिनी मस्कुलर डिस्टोर्फी (डीएमडी) को उपचार गरिरहेका छन् । गत बैशाखमा सुरु भएको उपचार विनासकारी महाभूकम्पका कारण ८ महिना रोकिन पुग्यो । उनले अहिले त्यही उपचारलाई भक्तपुर साँगास्थित हिलटेक रिसोर्टमा पुनः सुरु गरेका छन् । परम्परागत पद्धतीबाट अप्रत्यासित र चमत्कारिक उपचार गर्दै आएका जोशीसंग गरिएको कुराकानी :

कल्पसनद कस्तो पद्धती हो ?

कल्पसनद परम्परागत र नेपालको मौलिक पद्धती हो । आयुर्वेदिक नेपाल र भारतको एउटै भए पनि हामीभन्दा भारतीय धेरै अगाडि छन् । तर कल्पसनद पद्धतीमा हामी अगाडि छौं । अंगिसर ऋषिले प्रतिपादन गरेको यो पद्धतीलाई अंगिसर सिद्धान्त पनि भनिन्छ । यो पद्धतीले अहिलेका बैज्ञानिक पद्धतीले काम गर्न सकेको छैन । यही पद्धतीलाई संसारमा चिनाउन हामीले काम गरिरहेका छौं ।

कल्पसनद पद्धतीले कस्ता रोग ठीक पार्छ ?

कल्पसनद पद्धतीले टक्सिन रोगहरु निको पार्छ । खासगरी वंशानुगत विष रोगहरु यस पद्धतीबाट उपचार गरिन्छ । यी रोगको उपचारका लागि “वृचितौ जङ्गिड भवेत” सिद्धान्त लागू गरिएको हुन्छ । यसमा औषधिहरु शरीरमा लगाउने र खाने दुवै गरिन्छ । शरीरमा औषधि लगाएपछि शरीरभित्र रहेका विकारहरुलाई बाहिर फाल्छ । पञ्चमहाभूतको सिद्धान्त योग, वियोग र सापेक्षताको नियमले कल्पसनद उपचार पद्धतीमा औषधिले काम गर्छ ।

डीएमडी रोगको उपचार पनि सुरु गर्नुभएको छ, होइन ?

अहिले हामीले भक्तपुरको साँगामा डीएमडी रोगको शिविर राखेका छौं । शिविरमा १० बर्षका दुई बालकको उपचार भइरहेको छ । राष्टिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र सञ्चार माध्यमलाई आमन्त्रण गरेर डीएमडी रोगको उपचार सुरु गरेका छौं । नेपालका बरिष्ठ चिकित्सकहरुले नियमित रुपमा विरामीको जाँच गरिराख्नु भएको छ । व्यवस्थापिका संससदको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिले कीर्तिपुरमा रहेको चीन सरकारले निर्माण गरिदिएको आर्युवेद अनुसन्धान भवन हामीलाई दिन सरकारलाई निर्देशन दिएको छ । कीर्तिपुरको भवन सरकारले उपलब्ध गराएपछि डीएमडीलगायत क्यान्सर रोगको समेत उपचार पनि सुरु गर्नेछौं ।

हरेक प्रकारका क्यान्सर ठीक हुन्छ ?

अहिलेसम्म उपचार गरेका सबै किसिमका क्यान्सर ठीक भएको छ । नेपाल र भारत सरकारले दिएका विरामी हामीले ठीक गरेका छौं । यो रेकर्ड हामीसंग छ । क्यान्सर मुख्यतः विष रोग हो । विष रोग ७ किसिमका छन् । पहिले त्यो कुन विष हो भनेर पत्ता लगाउनु पर्छ । विष पत्ता लागेपछि त्यो विषलाई कुन औषधिले ठीक पार्छ त्यो औषधि दिनुपर्छ ।

औषधिहरु चाहिँ कहाँबाट संकलन गर्नुहुन्छ ?

सबै परम्परागत औषधिको प्रयोग भइरहेको छ । यी औषधि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट संकलन गरिन्छ । केही हिउँदमा संकलन गर्नुपर्ने औषधि छ भने केही बर्षायाममा संकलन गर्नुपर्छ । नेपालका पहाड, हिमाल र तराई क्षेत्रमा जडिबुटी संकलन गरी मिश्रण गरेर प्रयोग गरिरहेको छ । एउटा टोलीले जडिबुटी संकलन गरिरहेको छ भने अरु बैद्यहरुले साँगामा डीएमडीको उपचार गरिरहेका छन् । यस बाहेक नेपालबाट संकलन गरेर पठाएको जडिबुटीबाट भारतमा औषधि निर्माण भइरहेको छ । त्यहाँ तयार भएका औषधिलाई एउटा ब्राण्ड दिएर नेपालमा बिक्रीवितरण गर्ने योजना बनाएका छौं ।

क्यान्सरको उपचारका लागि र डीएमडीका लागि कति खर्च लाग्छ ?

अहिले हामी सिष्टममा चलिसकेका छैनौं । एउटा औषधि लिन पनि पहाडी जिल्लामा पुग्नुपर्ने बाध्यता छ । उसलाई व्यवसायिक बनाउन सकेमा निकै सस्तोमा क्यान्सरको उपचार हुन सक्छ । सामान्यतया एउटा विरामीका लागि ४–५ लाख रुपैयाँ लाग्छ । तर डीएमडीको उपचार अलि महंगो छ । औषधिहरु धेरै लाग्छ । यसका लागि करिव १०–१५ लाख रुपैयाँ खर्च लाग्छ ।
source:egorkhalikhabar

The post यी हुन् विदेशमासमेत पुगेर जस्तोसुकै क्यान्सरलार्इ शतप्रतिशत निको पार्ने नेपाली बैध appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.