फेरी आयो दुख्द खबर: प्रकाशको सम्झनामा गीत गाउन गएका गायक मंचमै ढले…

चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गित गाउन गएका एक जनकलाकारको मृत्यु भएको छ ।

जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको छ ।

उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो ।

तर, डाक्टरले ढिला भैसकेको बताएका थिए ।

अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरेका छन् ।

भरतपुर-९ को हाकिमचोकमा आज बामगठबन्धनको चुनावी सभा थियो ।

सोही सभालाई प्रचण्डपुत्र प्रकाशको मृत्युपछि श्रद्धान्जलीसभा परिणत गरिएको थियो ।

पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए ।

माअ‍ोवादीको बहुचर्चित चुनवाङ वैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गित उनी पाख्रिनले लेखेका थिए ।

उनी पहिलो सविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् । ratopati बाट

The post फेरी आयो दुख्द खबर: प्रकाशको सम्झनामा गीत गाउन गएका गायक मंचमै ढले… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.