नाती बोकेर छोराको वियोग भुल्दै प्रचण्ड, विमानस्थलमा माधव नेपालको साथ

काठमाडौं : पुत्र वियोगको पीडामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारलाई समवेदना दिने क्रम जारी छ। छोरा प्रकाश दाहालको आइतबार भएको आकस्मिक निधनपछि पीडामा रहेका प्रचण्ड र पत्नी सीता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन भुलाउदै थिए। त्यही थिए एमाले वरिष्ठ नेता माधवकुमार नेपाल। प्रकाशको निधनपछि पहिलो औपचारिक कार्यक्रममा सहभागी हुन चितवन जाने क्रममा प्रचण्ड परिवारसहित विमानस्थल पुगेका थिए।

प्रचण्डसँगै पत्नी सीता, छोरी रेणु, गंगा, बुहारी बिना र प्रकाशका छोरा प्रणव पनि साथमै थिए। मंगलबार बिहान यति एयरलाइनसबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुगेका प्रचण्ड र उनको परिवारको साथमा एमाले नेता नेपाल थिए। विमानस्थलमा झट्ट हेर्दा लाग्थ्यो नेता नेपाल प्रचण्ड र उनको परिवारको सहजीकरणको भूमिकामा उपस्थित थिए। प्रचण्ड भन्दा १० मिनेट अघि नै विमानस्थल पुगेका नेपालले प्रचण्ड परिवारलाईस्वागत मात्र गरेनन्। त्यहाँ एक अर्कालाई कुरा गर्ने सहज वातावरण समेत निर्माण गरे। प्रचण्डकी कान्छी छोरी गंगाकी छोरी र प्रकाश–बिनाका छोरा प्रणवलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैँले काखमा राख्ने काम नेता नेपालले निरन्तर गरिरहे।

छोराको वियोगमा मौन रहेका प्रचण्ड यो प्रक्रियाले सामान्य बोलचालमा फर्किएका थिए। विमानस्थलमा करिब आधा घण्टा प्रचण्ड र नेपालसँगै रहे। प्रचण्डको परिवारसँगै विमानस्थलमा माओवादी नेता रामबहादुर थापा ‘बादल’ र मातृका यादव पनि साथमै थिए। चितवनमा हुने चुनावी सभा र प्रचण्ड पुत्र प्रकाशको श्रद्धाञ्जली सभामा सहभागी हुन् एमाले अध्यक्ष केपी शर्मा ओली भने अर्कै उडानबाट चितवन पुगेका थिए। अहिले चितवनमा चुनावी सभा भइरहेको छ। annapurnapost

The post नाती बोकेर छोराको वियोग भुल्दै प्रचण्ड, विमानस्थलमा माधव नेपालको साथ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.