गहना लिएर ब्वाइफ्रेण्डसँग भागेको भनिएकी श्रीमती फर्केर यस्तो सनसनीपूर्ण कहानी सुनाएपछि…

एजेन्सी। एक महिनाअघि घरबाट गहना लिएर भागेकी श्रीमती १ महिनापछि फर्किइन् । उनका श्रीमान्ले उनी आफ्ना ब्वाइफ्रेण्डसँग भागेको प्रहरीमा उजुरी दिएका थिए । तर, ती महिलाले फर्किएर अर्कै कहानी सुनाएपछि भने सनसनी मच्चिएको छ।

भारतको ग्वालियरकी ती महिलाले आफूलाई अपहरण गरेर भारतकै इन्दौर लगिएको र त्यहाँ आफूलाई बन्धक बनाएर बलात्कार गरिएको सनसनीपूर्ण बयान दिएकी छिन् । उनलाई अपहरण गर्नेहरुले बलात्कारको भिडियोसमेत बनाएको र आफू मुस्किलले छुटेर आएको उनले बयान दिएकी छिन् । ती महिलाको बिहे ६ महिना अगाडि भएको थियो।

यसअघि ती महिलाका श्रीमान्ले प्रहरीमा ती महिलालाई उनका ब्वाइफ्रेण्डले लिएर गएको उजुरी दिएका थिए । मनिष सखवार नामका ती व्यक्तिले आफ्नी श्रीमती हराएको र उनलाई उनको माइती नजिकैका जीतु रामवरन र मनिषले उनलाई लिएर गएको आरोप लगाएका थिए।

मनिषका अनुसार १२ सेप्टेम्बरका दिन उनकी श्रीमती माइतीको साथी जीतुकहाँ जागिरको सिलसिलामा कुरा गर्न गएकी थिइन् त्यसपछि फर्किएकी थिइनन् । साथमा २ लाख रुपैयाँ बराबरका गहना पनि हराएका थिए । घटनामा ट्वीस्ट आएपछि प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

The post गहना लिएर ब्वाइफ्रेण्डसँग भागेको भनिएकी श्रीमती फर्केर यस्तो सनसनीपूर्ण कहानी सुनाएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.