अनमोललाई ३ चलचित्रबाट ५०-५० लाख पारिश्रमिकको अफर, कुन गर्लान् त सुपरस्टार हिरोले ?

नायक अनमोल केसी चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा मात्र छैनन्, महंगा पनि बन्दै गएका छन् । अनमोल एक मात्र यस्ता सुपरस्टार हुन्, जसलाई चलचित्रमा लिएको खण्डमा निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै हुन्छ । चार वटा हिट चलचित्र दिइसकेका अनमोलको पाँचौ चलचित्र ‘कृ’ माघ २६ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्रका लागि अनमोलले २० लाख पारिश्रमिक लिएका थिए । उनै, अनमोललाई ‘कृ’ छायांकनको क्रममा केही चलचित्रबाट ३० लाख पारिश्रमिकको समेत अफर आएको थियो । जुन, चलचित्रमा अनमोलले काम गरेनन् ।

अब, उनै अनमोलका लागि ५० लाखसम्मको अफर आएको खबरले चलचित्र बजार चर्चामा छ । अनमोललाई केही निर्माताले चलचित्रमा काम गर्नका लागि ५० लाखको पारिश्रमिक अफर गरेका छन् । अनमोलले यी चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा अझै पक्का गरिसकेका छैनन् ।

अनमोलका पिता भूवन केसीले अनलाइनखबरसँग कुरा गर्दै भने-‘हो, अनमोललाई केही चलचित्रबाट ५० लाखसम्मको अफर आएको छ । उनले, निर्माता सुनिलकुमार थापा, निर्देशक सिमोस सुनवार र सुरेन्द्र पौडेलले अनमोललाई ५० लाखको अफर गरेको सुनाए ।’

निर्देशक झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको निर्माणमा तयार हुन लागेको चलचित्रका लागि अनमोललाई ५० लाखको अफर आएको भूवनले बताए । कसरी भएको थियो त अफर, भूवनले भने-‘यो अफर वितरक मनोज राठीले लिएर आएका हुन् । मनोज राठीले कुरा गरेपछि उनले नै फोनमा निर्माता सुनिल कुमार थापासँग कुरा गराएका थिए ।’

सुनिलले आफू ५० लाखसम्म दिन तयार रहेको बताएको भूवनले अनलाइनखबरसँग बताए । यता, निर्देशक झरना थापाले भने यो कुराको खण्डन फेसबुकमार्फत गरेकी छिन् । उनले एउटा कलाकारलाई ५० लाखसम्म दिएर अफर गर्दा चलचित्रको मुनाफा कती लाग्ला भन्दै प्रश्न गरेकी छिन् । उनले, कुनै पनि कलाकारलाई आफूले ५० लाखमा अफर नगरेको समेत फेसबुक मार्फत स्पष्ट पारेकी छिन् ।

एउटा कलाकारलाई ५० लाखसम्मको अफर गर्नु आफ्नो सोच भन्दा बाहिरको कुरा भएको झरनाको भनाई छ । यसरी, अनमोललाई ५० लाखको अफरले अहिले चर्चा पाएको छ । तर, अनमोल पिता भूवन केसी र निर्देशक झरना थापाको कुरा वाझिएका छन् ।onlinekhabar

The post अनमोललाई ३ चलचित्रबाट ५०-५० लाख पारिश्रमिकको अफर, कुन गर्लान् त सुपरस्टार हिरोले ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.