पुत्रवियोगमा विक्षिप्त बनेका प्रचण्ड र सीतालाई अर्को खु:सी थपियो

पुत्रवियोगमा विक्षिप्त बनेकी सीता दाहाल सोमवार एकैछिन भने पनि सम्हालिएर आँशु लुकाउन बाध्य भइन् । अरुलाई देखाउन होइन, दुबै नातिहरु सँगै खेलेको देखेर ।

प्रचण्ड र सीताका एकमात्र पुत्र प्रकाश दाहालको अप्रत्याशित निधनपछि सन्नाटा छाएको लाजिम्पाट निवासमा सोमवार दुई नातिले सँगै खेलेर शोकाकुल अभिवावकहरुको अनुहारमा खुसी ल्याइदिए ।

हो, प्रचण्ड परिवारमा प्रकाशको निभेको दियो जलाउन उनका दुई छोरा प्रसिद्ध र प्रलव सँगै खेल्न थालिसकेका छन् । सोमवार प्रचण्ड र सीतालाई सान्त्वना दिन गएका एक माओवादी नेताका अनुसार दुई दाजुभाइ सँगै खेलिरहँदा शोकाकुल अभिभावकहरुको मुहारमा हल्का खुसी देखिएको थियो । यो खबर अनलाइनखबर डट कमले प्रकाशित गरेको छ ।

‘अब प्रकाशको अभावमा मन बुझाउने सहारा हजुरबा-हजुरआमालाई दुई नाति हुने देखियो’ उनले भने ।

प्रचण्डका जेठा नाति जेठा प्रसिद्ध सिर्जना त्रिपाठीका छोरा हुन् भने कान्छा प्रलव बिना मगरका छोरा हुन् । प्रकाशले बिनासँग विहे गरेपछि छोरासहित अलग बस्दै आएकी सिर्जना पनि आइतवार प्रकाशको निधन भएकै दिनदेखि लाजिम्पाटस्थित प्रचण्ड निवासमै बस्न थालेकी छन् ।

प्रकाशको निधनको खबर फैलिए लगत्तै छोरा प्रसिद्धलाई लिएर नर्भिक अस्पताल पुगेकी सिर्जना प्रकाशको अवस्था देखेर तत्कालै बेहोस भएकी थिइन् । उनी होसमा आएपछि प्रचण्डकै निर्देशनमा नर्भिकमा गाडी पठाएर उनलाई आर्यघाट लगिएको थियो । आर्यघाटपछि उनलाई लाजिम्पाट लगिएको स्रोतले जनाएको छ ।

‘अब मेरो नाति र सिर्जना यहिँ बस्छन्’ भन्दै प्रचण्डले आवश्यक प्रबन्ध गर्न सचिवालयलाई निर्देशन दिएको स्रोतको दाबी छ । सिर्जना लाजिम्पाटमा बस्न थालिसकेको र अब उनी तथा नातिको सबै जिम्मेवारी प्रचण्डले नै लिएको स्रोतले जनाएको छ ।

‘बिना राजनीतिमै व्यस्त रहेकाले प्रचण्ड परिवारको आन्तरिक सबै जिम्मेवारी सिर्जनाले लिनेछिन्’ स्रोतले भन्यो ।

निर्वाचनको व्यस्तताका कारण अब प्रचण्ड र बुहारी बिना मगर तत्कालै फिल्डमा खटिनुपर्ने दबावमा छन् । बिना कञ्चनपुर १ बाट चुनाव लेडेकी छिन् । चितवन ३ बाट चुनाव लडेका प्रचण्डलाई सघाउन छोरी रेणु दाहाल पनि भरतपुर जानुपर्ने स्थिति छ ।

चुनावको तिथिलाई मध्यनजर गर्दै प्रचण्डनिवासमा मंसिर ७ गते नै प्रकाशको काज किरिया सकिने स्रोतले बतायो । ७ गते विभिन्न दलका शीर्ष नेता र कूटनीतिज्ञहरुलाई बोलाएर सामान्य भेटघाट गरिसकेपछि प्रचण्ड र बुहारी विना आ-आफ्नो चुनाव क्षेत्रमा खटिने स्रोतले बतायो ।

माओवादी अध्यक्ष प्रचण्ड आज चितवन गएर भोलि काठमाडौं र्फकने कार्यक्रम छ ।

दुवै नातिहरु प्रसिद्ध र प्रलवलाई प्रचण्डले असाध्यै माया गर्छन् । उनी पोखरा गएका बेला होटलमा बस्दा पनि मेरो नाति ल्याइदेऊ भन्थे । प्रचण्डले नातिसँग खेलेर समय बिताउने गरेको सहयोगीहरु बताउँछन् ।

आइतवारदेखि नै सँगै बस्न लागेका प्रसिद्ध र प्रलवले सीता दाहाललाई पनि मन बुझाउने बाटो भएको छ ।

The post पुत्रवियोगमा विक्षिप्त बनेका प्रचण्ड र सीतालाई अर्को खु:सी थपियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.