एमाले कार्यकर्तामाथि माओवादी कार्यकर्ताद्वारा गोलीप्रहार

वैशाख २९, २०७४- भोजपुर नगरपालिका-१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी साँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।

घर नजिकै रहेको जंगलमा हिँडिरहेको एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिएर लडेका थिए ।

तामाङ आत्तिएर लडेपछि गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । एमाले सम्बद्ध अनेमासंघ नगर कमिटिका सचिव रहेका तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच राजनीतिक विषयमा यसभन्दा अघिदेखि विवाद रहँदै आएको थियो ।

गोलीप्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलीप्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए ।

एमालेले आफ्ना कार्यकर्ता माथि गोली प्रहार भएको घटनाप्रति भर्त्सना गरेको छ । नेकपा एमालेका सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

एमाले सम्बद्ध भातृ संगठनहरु पनि तामाङ माथि भएको गोली प्रहारको भर्त्सना गर्दै नजिकिँदै गएको निर्वाचनलाई भाँडन खोजेको आरोप लगाएका छन् । साथै उनीहरुले नजिकिँदै गएको स्थानीयतहको निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थागर्न प्रशासन समक्षमाग गरेका छन् । source:kantipur.ekantipur.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.