राजेन्द्र खड्गी भन्छन्, दयाहाङको अन्तिम गन्तव्य भनेको अमेरिका जाने गिलाँस माझ्ने नै हो…(भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रमा राजेन्द्र खड्गीको परिचय धेरै छ । कलाकार, द्वन्द्व निर्देशक, डान्सर, गायक, निर्माता तथा निर्देशकको परिचय बनाएका राजेन्द्र खड्गी रमाइलो मिजासका मान्छे हुन् ।
अहिलेसम्म सबैभन्दा धेरै चलचित्रमा द्वन्द्व निर्देशन गरेका राजेन्द्र खड्गीले हालै दिएको एउटा अन्तर्वार्ता निकै चर्चामा छ ।
राजेन्द्र खड्गीले आफ्ना गर्लफ्रेन्डको संख्या, भुवन केसीको गर्लफ्रेन्डको कथादेखि आफ्नो गर्लफ्रेन्ड अनमोल केसीले ताकेको रहस्य पनि खोलेका छन् । निकै रमाइलो ढंगले अन्तर्वार्ता दिएका राजेन्द्रले गर्लफ्रेन्डसँग डेटिङ गरेर आएपछि श्रीमतीले १२ बजे राति भए पनि नुहाएर मात्र घर पस्न भनेको कुरा खोलेका छन् । उनले अहिले पनि आफूसँग गर्लफ्रेन्डको संख्या धेरै रहेको, कहिल्यै नगनेको बताए । अन्तर्वार्तामा राजेन्द्र खड्गीले नयाँ नयाँ कलाकारमा दुई दिन हिट हुनेवित्तिकै फूर्ति बढ्ने गरेको समेत गुनासो गरेका छन् । उनले नायक दिलीप रायमाझीको उदाहरण दिँदै भनेका छन्, ‘भत्केको पाटीमा घर भएको दिलीप नुहाउन हायात जान्थ्यो, मैले त्यसो नगर भनें, तर मानेन, आज कहाँ छ ?’

उनले अहिलेका चल्तीका नायक दयाहाङ राई, सौगात मल्लहरूको मूल्यांकन गर्दै उनीहरू निर्दोष कलाकार भएको बताए । ‘उनीहरू साह्रै इनोसेन्ट (निर्दोष) छन्, के हुन्छ केही थाहा छैन । दयाहाङ राईहरू (सबैको) डेस्टिनेसन (गन्तव्य) उही अमेरिका जाने हो, त्यहाँ जाने गिलाँस माझ्ने,’ राजेन्द्रले भने ।

उनको यो संकेत नेपाली चलचित्रलाई भ¥याङ बनाएर अमेरिका जाने र त्यहाँ होटल रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरमा काम गर्ने थुपै्र नायक नायिका, निर्माता निर्देशकप्रति लक्षित रहेको बुझिन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.