मतपत्र नदेखाउनुस् है ! २ लाख जरिवानामा पर्नुहोला

३१ बैशाख, काठमाडौं । यदि तपाई स्थानीय तह निर्वाचनको मतदाता हो भने ख्याल गर्नुहोस् है मतदानस्थलमा बर्जित गरिएका गतिविधि गर्नुभयो भने तपाईलाई जरिवाना र कैद सजाय हुनसक्छ । मत दिएको मतपत्र मतपेटिकामा राख्नुअघि तपाईले कसैलाई मतपत्र देखाउनुभयो भने पनि तपाई फन्दामा पर्न सक्नुहुन्छ । यदि तपाईले मतदान गरेपछि कसैलाई मतपत्र देखाउनुभयो भने १५ हजार जरिवानामा पर्नुहुन्छ । यति मात्रै होइन तपाईको मत खेर पनि जान्छ । तपाईले मतदान स्थलमा ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यदि ख्याल गर्नुभएन या त जानिजाति गल्ति गर्नुभयो भने तपाईलाई तीन वर्षसम्म कैद सजायसमेत हुनसक्छ ।
मतदान स्थलमा के-के गर्नु हुँदैन ?
तपाईको मतपत्र सार्वजनिक नगर्नुस् । यसो गरे १५ हजार जरिवाना हुन्छ । मतपत्र बाहिर नलैजानुस्, २५ हजार जरिवाना हुन्छ । धेरै पटक मतदान नगर्नुस् २५ हजार जरिवाना हुन्छ । यदि कुनै मतदातालाई रोक्न खोज्दै हुनुहुन्छ भने पनि २५ हजार जरिवानामा पर्नुहुन्छ । होहल्ला, भिडभाड नगर्नुस् ५० हजार जरिवाना हुन्छ चुनावी सामग्री खोस्नुभयो भने १ लाख जरिवाना र १ वर्ष कैद हुन्छ । चुनावका सामग्री लुटे वा कब्जा गरे १ लाख जरिवाना र २ वर्ष कैद हुन्छ । बिष्फोटक पदार्थ वा हतियार बोके २ लाख वा ३ वर्ष जेल सजाय हुन्छ ।

श्रोत: अनलाइन खबर

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.