७९ वर्षीय मनकला भन्छिन एक छाक टार्न गिट्टी कुट्दा कुटदै परान यहिखोलामा जान्छ होला

यमकला भुसाल,तुलसीपुर

७ माघ / बिहान उठेदेखी बेलुकिको रिमझिमे साझ सम्म ग्वार खोलाको किनारमा गिट्टी कुट्दै बित्ने गर्छ । तुलसीपुर उपमहानगरपालीका १८ की ७९ वर्षीय बृद्धा मनकली नेपालीको । कपालफुलेर सेत्तै भएका छन । आधा दाँत झरेका छन ।

अझै पनि गिट्टी कुटि रहन्छीन उनी । घरको अवस्था कमजोर छ । बिहान बेलुकीको दुइ छाक खाने खर्च जुटाउन घाम पानी नभनीकन गिट्टी कुट्छु । उनी भन्छीन –३ छोरा १ छोरी छन तर मलाइ जिउदै मारे । अहिले एक्लो जिवन बिताउन लागेको १७ वर्ष भयो । बिरामी हुदाँ तातो पानी तताएर दिने मान्छे कोइ छैन ।

म दुखारिको दुख्ख कहिले गएन । छिमेकीले पनि रमिता हेर्ने गर्छन उनले दुखेसो पोखीन । आफ्नो पेट पाल्नकै लागी पनि उनि खोलाको तिरमा गिट्टी कुट्न बाध्य भएको बताइन । उनले बिगत १५ वर्ष देखी गिटटी कुट्दै आएको पनि बताइन ।

आर्थिक अवस्था कमजोर हुदाँ गिट्टीलाइ आफ्नो कमाउने साधन बनाउनु पर्‍यो ,गिट्टी कुटेर जिविका धान्दै आएपनि मेरो पिडा आज सम्म कसैले बुझेन । उनले भनिन । मलाइ दुई छाक खानका लागी पनि गिट्टी नकुटि हुदैन । हात खुट्टामा पानी रहदाँ सम्मशरिरले खियाँउछु । मेरो परान यहिखोलामा गिट्टी कुट्दा कुटदै जान्छ होला । नेपालीले दुखेसो पोखीन ।

गिट्टी कुटेर १५ वर्ष बिताएकी नेपालीका कपाल सेत्तै फुलेका छन । चाउरी परेका गालाले उनको अनुहार गलेको जस्तो देखिन्छ । उनले भनिन– एक टिप गिट्टी कुट्न २४-२५ दिन लाग्छ । एक टिप गिट्टी बेचे वाफत २२ सय रुपैया पाउछु । अनि त्यसैबाट आफ्नो छाक टार्छु ।उनीले आफुले सरकार बाट पाउने बृद्धा भत्ता समेत नपाएको समेत बताइन ।

तुलसीपुर अनलाइन बाट साभार

The post ७९ वर्षीय मनकला भन्छिन एक छाक टार्न गिट्टी कुट्दा कुटदै परान यहिखोलामा जान्छ होला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.