निशा अधिकारी बच्चा नजन्मिएसम्म अमेरिकामै रहने…

काठमाडौं, ८ माघ । नायिका निशा अधिकारी केही समयदेखि सिनेमासम्बन्धी गतिविधिमा देखिएकी छैनन् । क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेपछि उनी आफ्नै ब्यानरमा निर्मित ‘झ्यानाकुटी’ चलचित्रको प्रदर्शनमा सक्रिय भइन् ।

आफूले बनाएको पहिलो चलचित्रले राम्रो सफलता पाएपछि उनी निकै दंग थिइन् । यही बीचमा उनले आफू गर्भवती भएको तथ्य सार्वजनिक गरिन् ।

आफू गर्भवती भएको कुरा निशाले त्यतिबेला मात्र सार्वजनिक गरिन्, जतिवेला उनी अमेरिका पुगिन् । यतिखेर निशा अमेरिकामा छिन् । आइतबार मात्र निशाले सेल्फी तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् । त्यो तस्बिर अमेरिकाबाटै अपलोड भएको देखिन्छ ।

उनी निकट कलाकारहरूका अनुसार निशा अब बच्च जन्माउनुअघि नेपाल आउने छैनन् । बच्चा जन्मिएपछि मात्र नेपाल आउने विषयमा शरद भेषवाकर र निशा अधिकारीबीच सहमति भएको बुझिएको छ ।

The post निशा अधिकारी बच्चा नजन्मिएसम्म अमेरिकामै रहने… appeared first on Taja nepali news.

http://ift.tt/2Bj4CYD
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.