अमेरिका भयो डर लाग्दो घटना, सबै नेपाली रुवाबासी !

अमेरिकामा नेपाली बस्दै आएको अपार्टमेन्टमा भीषण आगलागी भएको छ । टेक्ससको ईभिगंस्थित अपार्टमेण्टमा आगलागी भएको हो । दुईओटा अपार्टमेण्टबाट ५ जना नेपाली सकुशल बताइएको छ ।

नेपाली समाज टेक्सस (एनएसटी)का अध्यक्ष सुमन थापाका अनुसार शुक्रवार बिहान वाटररिटड्जस्थित पायोनियर पार्कवेमा भएको उक्त आगलागीमा करिब २० वटा अपार्टमेण्ट ध्वस्त भएका थिए ।

एनएसटी अध्यक्ष थापा लगायतले उक्त अपार्टमेण्टमा पुगेर नेपालीको बारेमा सोधखोज गरेका थिए । हामीले त्यहाँ बस्ने पाँच जना भट्यौं र सोध्दा उहाँहरूको अपार्र्टमेण्ट ध्वस्त भएको रहेछ थापाले भने अरू थप नेपाली प्रभावित भए नभएको जानकारी आएको छैन सायद नभएर होला ।

एनएसटीले आवश्यक सबै सहयोग गर्न तयार रहेको हामीले उहाँहरूलाई प्रस्ताव राख्यौँ थापाले भने उहाँहरूलाई बस्ने समस्या रहेनछ आवश्यक परे भन्छौँ भन्नुभएको छ ।

माथिल्लो तलामा भएका एक नेपाली परिवारको पुरै अपार्टमेण्ट जलेको छ । तर, आगलागीको बेला त्यहाँ भएका नेपाली आफ्ना महत्त्वपूर्ण कागजात लिएर सुरक्षित स्थानमा जान सफल भएका थिए । एउटा अपार्टमेण्टमा बस्नेको बिमा समेत भएको हुदां समस्या नहुने भएको छ ।
उक्त आगलागीमा कोही पनि घाइते भएनन् ।

खाली त्यहाँ बस्ने करिब ४० जना वेघर हुन परेको स्थानीय अधिकारीले जनाएका छन् । अपार्टमेण्ट व्यवस्थापन पक्षबाट पनि समस्या पर्नेलाई सहयोग दिइएको जनाइएको छ । स्थानीय रेडक्रसले पनि अत्यावश्यक समाग्री वितरण गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

The post अमेरिका भयो डर लाग्दो घटना, सबै नेपाली रुवाबासी ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.