बाबुआमासँग वर्ण नमिलेपछि छोरीले गर्ने भइन् डीएनए परीक्षण

बुवा र आमा दुबै भारतीय । तर यी युवतीको वर्ण ठ्याक्कै युरोपेली महिलाको जस्तो छ । उनी जन्मिदा खेरी नै त्यस्तै गोरी थिइन् ।

हरियो आँखाका नानी, रातो कपाल, गोरो छाला । यी सबै विशेषताका कारण भारतको मुम्बइकी पूजा गणात्रा नामकी युवती निकै सुन्दर देखिन्छिन् । तर उनको यो सुन्दरमा वर्षौँदेखि उनको सत्रु बनिरहेको छ ।

भारतीय बुवाआमाकी यी छोरी शुद्ध भारतीय वंशकी हुन् । तर उनलाई देख्नेहरुले विदेशी भन्छन् । बुवाआमा दुबै भारतीय हुँदा पनि तिमी किन विदेशी जस्ती भयौ ? भनेर सोधिरहन्छन् ।

कक्षामा शिक्षकले भन्छन्, स्लिभलेस पहिरन नलगाउ, मानिसको नजर पर्छ । कहीँ घुम्न जाँदा विदेशी भनेर उनीसँग सेल्फी खिच्न आउनेहरु पनि हुन्छन् । उनले हिन्दी बोलेको सुन्दा मानिसहरु विदेशीले पनि फरर्र हिन्दी बोलेको भनेर अचम्म पर्छन् ।

पूजा नश्लीय टिप्पणीहरुको समेत शिकार हुने गरेकी छन् । कतिपयले उनका वास्तविक बुवाआमाप्रति समेत आशंका गर्ने गरेका छन् ।

यी सबै कठिनाई तथा आशंकाबीच गुज्रिरहेका बेला पूजाले एउटा ठूलो निर्णय गरेकी छन् । उनी अब डीएनए परीक्षण गर्ने निधोमा पुगेकी छन्, जसबाट उनको त्यस युरोपेली लूकको राज के हो भन्ने पत्ता लाग्नेछ । साथै उनका बुवाआमामाथिको आशंका पनि हट्नेछ । via : www.onlinekhabar.com

The post बाबुआमासँग वर्ण नमिलेपछि छोरीले गर्ने भइन् डीएनए परीक्षण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.