भोलि माघ ५ गते यी राशी का मानिस भाग्योदय अनि मालामाल हुनेछन तर यी राशी लाई यस्तो छ

भोलि वि.सं. २०७४ माघ ०५ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जनवरी १९ तारिख,

भोलिको चाडपर्व र उत्सव : धनिष्ठा पञ्चक प्रारम्भ,

भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),

माघ शुक्लपक्षको द्वितीया तिथि, दिउँसो १०:५९ बजेसम्म, त्यसपछि तृतीया तिथि,

धनिष्ठा नक्षत्र, मध्यरात्रीपछि ०२:१२ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र,

भोलिको चन्द्रमा मकर राशिमा, दिउँसो ०१:२१ बजेसम्म, त्यसपछि कुम्भ राशिमा,

सिद्धि योग, दिउँसो १०:३५ बजेसम्म, त्यसपछि व्यतिपात योग,

सुरुमा कौलव करण दिउँसो १०:५९ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपूर्व ११:३६ बजेसम्म, अन्तिममा गर करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो १०:५५ देखि १२:१५ सम्म

यमघण्ट : दिउँसो ०२:५३ देखि ०४:१३ सम्म

गुलिक काल : बिहान ०८:१७ देखि ०९:३६ सम्म

भोलिको वारवेला :–

चर वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:१२ देखि ०७:१३ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५८ सम्म

रोग वारवेला : दिउँसो ०१:३४ देखि ०२:५३ सम्म र बेलुका ०७:१३ देखि ०८:५३ सम्म

काल वारवेला : दिउँसो १०:५५ देखि १२:१५ सम्म र बेलुका ०८:५३ देखि १०:३४ सम्म

लाभ वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३४ देखि १२:१५ सम्म

उद्वेग वारवेला : दिउँसो ०२:५३ देखि ०४:१३ सम्म र मध्यरात्रीपछि १२:१५ देखि ०१:५५ सम्म

शुभ वारवेला : दिउँसो १२:१५ देखि ०१:३४ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३६ सम्म

अमृत वारवेला : बिहान ०९:३६ देखि १०:५५ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन् । व्यापार/व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बन्दव्यापार र उद्योगधन्दामा सफल नै भइनेछ, सरकारी वा प्रशासनिक क्षेत्रमा सक्रिय हुनुपर्ने समय छ । अपराह्नमा बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । मनमा निराशापन बढ्ने छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ ।

The post भोलि माघ ५ गते यी राशी का मानिस भाग्योदय अनि मालामाल हुनेछन तर यी राशी लाई यस्तो छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.