बुहारी हरु बुधवार किन घर जानु हुँदैन ? यस्तो छ धार्मिक कारण

काठमाडौं । शास्त्रहरूमा हप्ताको हरेक दिन कुनै विशेष कार्य गर्न निषेध गरिएको छ । यसमा दैनिक जीवनसँग जोडिएका कुराका अलावा यात्राका लागि निषेधित वार पनि छ।

यहाँ हामी बुधवारसँग जोडिएको त्यो मान्यताका विषयमा चर्चा गर्नेछौं जसअनुसार छोरीहरूलाई बुधवार ससुराल पठाउन हुँदैन ।

बुधवार छोरीलाई घर पठाउँदा दुर्घटनाको सम्भावना हुन्छ । यति मात्र नभई छोरीको घरसँगको सम्बन्ध पनि बिग्रिन्छ । शास्त्रमा यस अपशकुनसँग जोडिएको कारणको व्याख्या पनि छ ।

पौराणिक मान्यताअनुसार बुध ग्रहले चन्द्रलाई शत्रु मान्छ तर चन्द्रले बुधलाई शत्रु मान्दैन । ज्योतिषमा चन्द्रमालाई यात्राको कारक मानिएको छ भने बुधलाई लाभको ।

त्यसैले बुधवारका दिन यात्रा गर्नु हानिकारक छ । बुधदेव अनुकूल नहुँदा दुर्घटना वा अनिष्ट हुने सम्भावना बढ्छ ।

बुधवार छोरीले यात्रा गर्नु नहुने सम्बन्धमा एउटा कथा पनि छ । कथाअनुसार प्राचीनकालमा भारतवर्षको कुनै नगरमा मधुसूदन नामक एक सेठको विवाह सुन्दर र गुणी कन्या संगीतासँग भएको थियो ।

एकचोटि मधुसूदनले बुधवारका दिन पत्नीका आमाबुवासँग संगीतालाई बिदा गर्न लगायो । उसका सासू ससुराले त्यो दिन छोरी बिदा गर्न चाहेनन् र ज्वाईंलाई सम्झाउने कोशिश गरे । तर मधुसूदन मानेन र ऊ संगीतालाई लिएर त्यहाँबाट हिँड्यो ।

दुवैजना गोरुगाडा चढेर घर फर्किंदैथिए । अचानक बाटैमा गाडीको पांग्रो खुस्कियो । त्यसपछि उनीहरू पैदलै हिँडे । एक ठाउँमा पुगेपछि संगीतालाई तिर्खा लाग्यो । मधुसूदनले उनलाई रुखमुनि राखेर पानी खोज्न गयो ।

एकछिनपछि पानी लिएर आउँदा ऊ तीनछक्क प–यो किनकि उसकै जस्तो अनुहार भएको अर्को व्यक्ति संगीतासँग बसिरहेको रहेछ । संगीताले पनि आफ्नो असली पति चिन्न सकिनन्।

मधुसूदनले उक्त व्यक्तिलाई सोध्यो, ‘तिमी को हौ र मेरी पत्नीसँग किन बसेको ?’

उक्त व्यक्तिले भन्यो, ‘अरे, यो मेरी पत्नी संगीता हो। तिमी चाहिँ को हौ नि मलाई प्रश्न सोध्ने ?’ यो सुनेर मधुसूदन खुबै रिसायो र तेरिमा नक्कली भन्दै झगडा गर्न थाल्यो । उनीहरूको झगडा देखेर नगरका सिपाहीहरू त्यहाँ आए । सिपाहीले दुवैलाई पक्रिएर राजाकहाँ लगे।

राजालाई पनि असली नक्कली छुट्ट्याउन गाह्रो भयो । उनले दुवैलाई जेलमा हालिदिने आदेश दिए । त्यतिखेरै आकाशवाणी भयो, ‘मधुसूदन, तैंले संगीताको आमाबुवाको कुरा नमानेर पत्नीलाई माइतबाट बिदा गराइस् । अब बुध भगवानको प्रकोपले तँमाथि संकट आयो ।’

मधुसूदनले गल्ती मान्यो । उसले भगवान् बुधदेवसँग क्षमाप्रार्थना ग–यो र भविष्यमा कहिल्यै पनि यसो नगर्ने प्रण ग–यो । मधुसूदनको प्रार्थना सुनेर बुधदेवले उसलाई माफी दिनुभयो । त्यतिखेरै अर्को व्यक्ति गायब भयो।

अरू मानिस पनि यो चमत्कार देखेर छक्क परे। उक्त व्यक्ति बुधदेव आफैं हुनुहुन्थ्यो। लोकान्तर बाट साभार

The post बुहारी हरु बुधवार किन घर जानु हुँदैन ? यस्तो छ धार्मिक कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.