छाउगोठमा मृत भेटिइन् युवती

२४ पुस, अछाम । अछामको तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्यु भएको छ ।

आइतबार साँझ खाना खाएर सुतेकी २२ वर्षीया गौरी बुढा सोमबार विहान ढिलासम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएकी वडा अध्यक्ष पदमबहादुर बुढाले जानकारी दिए ।

घरभन्दा केही टाढा रहेका छाउपडी गोठमा युवतीको मृत्यु भएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

डीएसपी न्यौपानेका अनुसार महिनावारी भएको चौथो दिन राती मृत्यु भएको र थप विवरण आउन बाँकी छ ।

मृतक युवतीको २ बर्षअघि विवाह भएको र कुनै सन्तान नभएको अध्यक्ष बुढाले जानकारी दिए । उनका पति नेपाल प्रहरीमा कार्यरत छन् ।

अछाममा अघिल्लो वर्ष मंसिर र पुस पहिलो सातामा एक किशोरी र एक महिलाको छाउगोठमै ज्यान गएको थियो । सन् २००७ देखि अहिलेसम्म अछाममा छाउगोठमा ११ जना महिला तथा किशोरीको मृत्यु भएको छ । onlinekhabar

The post छाउगोठमा मृत भेटिइन् युवती appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.